सिमरा विमानस्थल बाट काठमाडौंको लागि उडेको  जहाज जनकपुरमा अवतरण 

पछिल्लाे समाचार

१६ भदौ।सिमरा । बाराको सिमरा विमानस्थल बाट उडेकों जहाज जनकपुर विमानस्थलमा अवतरण गरिएको छ ।सिमरा विमानस्थल बाट बिहान ७:४५ मा उडेको बुद्ध एअरको जहाज जनकपुरमा अवतरण गरिएको छ । बिहान ७:४५ मा सिमरा बाट उडेको बुद्ध एअरको जहाज मौसम खराब भएको कारण काठमाडौं नगएर जनकपुर विमानस्थलमा नै सकुशल अवतरण गरिएको सिमरा विमानस्थलका सुचना अधिकारी सुरेन्द्र कुशवाहाले तराईसन्देश अनलाइनलाई जानकारी दिनुभएको छ।

मौसम अहिले खराब रहेकोले उडान अहिले डिले रहेको सिमरा विमानस्थलले जनाएको छ। मौसम खराब भए पछि काठमाडौं अवतरण गर्न नसकिएको र सिमराको पनि मौसम खराब भए पछि जहाजलाई जनकपुर विमानस्थलमा अवतरण गरिएको सुचना अधिकारी कुशवाहाले जानकारी दिनु भयो।

मौसम समान्य भए पछि सिमरा बाट काठमाडौंको लागि उडान हुने हवाईजहाज सुचारु हुने सिमरा विमानस्थलले जनाएको छ।उक्त विमानमा करिब ६० जना यात्रु सवार रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय