१६ भदौ । बारा । राष्ट्रिय स्वतन्त्र पाटिको जीतपुरसिमरा नगर कमिटीले सिमरामा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । तीज बिशेष कार्यक्रमको अवसरमा उपमहानगरपालिका भित्र बिभिन्न क्षेत्रमा योग्दान पुरयाएका ब्यक्तिहरुलाई सम्मान गरेर तीज विशेष कार्यक्रम शनिवार सिमरा स्थित रोयल पार्टी प्यालेसमा मनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी जीतपुरसिमरा नगर कमिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले चाड पर्वको नाममा हुने कुप्रथा तथा विकृतीहरुलाई हटाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पाटिबाट निर्वाचित प्रतिनिधि सभा सदस्य निशा डाँगी र बिन्दबासिनी कांसकारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा सहभागीहरुले नेपाली नारिहरुको महान पर्व तीजको शुभकामना व्यक्त गर्नु भएको थियो ।