प्रमुख प्रशासकिय अधिकृत माथी दुव्र्यवहार भएको भन्दै  कर्मचारीहरुले पेनडाउन गर्ने 

पछिल्लाे समाचार

१६ भदौ ।बारा ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत माथी दुव्र्यवहार भएको भन्दै उपमहानगरमा कार्यरत कर्मचारीहरुले आपत्ति जनाएको छ ।बिहिवार प्रमुख प्रशासकिय अधिकृत माथी जनप्रतिनिधिले दुव्र्यवहार गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु भदौ १७ गते देखि पेनडाउन गर्ने चेतावनी सहित उपमहानगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्ले माथी जनप्रतिनिधिहरुले  दुव्र्यवहार गरेको हुनाले आफुहरु असुरक्षित रहेको भन्दै कर्मचारीहरुले नगरप्रमुख पौडेललाई आईतबार ज्ञापन पत्र बुझाएको छ। संविधानको भावना र मर्मलाई आत्मासाथ गर्दै सेवामा दिन रात नभनि सेवा प्रदान गर्ने कर्मचारीको सेवामा यसरी बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै जाने विषयमा दुई मत नरहेको बिज्ञयप्तिमा उल्लेख गरिएको छ।

प्रमुख प्रशासकिय अधिकृत काफ्ले माथी भएको दुव्र्यवहारको घटनाले हामि सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक भई जनताको सेवा प्रवाह गर्ने अबस्था नरहेको भन्दै १७ गते देखि अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवा दिन बन्द गर्ने कर्मचारीहरुले ज्ञापन पत्र मार्फत नगरप्रमुखलाई जानकारी गराएको छ । 

वडा सचिवहरुको आन्तरिक सरुवा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २०५० च मोजिम गरिएको विषयमा कुन कानून/कार्यविधिमा टेकी मनपरि ढङ्गबाट गरिएको भनि कार्यालय निव अम्वभनिय रुपमा प्रमुख प्रशासकिय अधिकृत लाई गालिगलौज गर्नु अत्यन्तै खेदजनक रहेको बिज्ञयप्तिमा उल्लेख गरिएको छ।

आगामि दिनमा कार्यस्थलमा सुरक्षाको प्रत्याभुति दिलाउन, सेवामा सहज काम गर्ने सहज बातावरण बनाउन एवं भयरहित वातावरणमा सेवा प्रदान गर्ने सुनिधितता नभएसम्मका लागि भोली मिति २०८१/०५/१७ गते देखि यस उपमहानगरपालिका तथा उपमहानगरपालिका मातहतका कार्यालयहरुबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिने र यस बाट सेवाग्राहिमा पर्न जाने असुविधा प्रति स्वयं जनप्रतिनिधिहरुनै जिम्मेवार रहने बिज्ञयप्तिमा उल्लेख गरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय