डिभिजन वन कार्यालय बारा द्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न 

पछिल्लाे समाचार

१६ भदौ ।सिमरा ।डिभिजन वन कार्यालय बाराको आयोजनामा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।मधेश प्रदेश वन तथा बाताबरण मन्त्रालय सरुवा गरेको डिभिजन वन अधिकृत पछि बारामा आउन लागेको कार्यालय प्रमुखको स्वागत तथा डिभिजन वन कार्यालय बारा बाट सरुवा भएर जान लागेको कार्यालय प्रमुखलाई बिदाई गरिएको छ ।

आईतबार डिभिजन वन कार्यालय बाराको सभाहलमा बारामा आएको डिभिजन वन अधिकृत राजिव झाको स्वागत गरिएको छ भने सरुवा भएर जान लागेको वन अधिकृत बिनोद सिंहको बिदाई गरिएको छ ।मधेश प्रदेश वन तथा बाताबरण मन्त्रालयले बिनोद सिंहलाई धनुषा सरुवा गरेको छ ।डिभिजन वन कार्यालयमा आएका वन अधिकृत झा र सरुवा भएर जान लागेको वन अधिकृत सिंहलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत तथा बिदाई गरिएको छ।

डिभिजन वन कार्यालय अन्तर्गत रहेका साझेदारी वन,वन उपभोक्ता समिती सव डिभिजन वन कार्यालयको कर्मचारी र पदाधिकारीहरुले नयाँ आएका वन अधिकृतको स्वागत तथा सरुवा भएर जान लागेको वन अधिकृतको बिदाई गरेको छ ।

डिभिजन वन कार्यालयमा २ बर्ष कार्यभार सम्हालेका वन अधिकृत बिनोद सिंहको धनुषा सरुवा गरिएको छ ।डिभिजन वन कार्यालय बारामा कार्यरत रहे सम्म वन अधिकृत सिंहले डिभिजन वन कार्यालय बाराको अतिक्रमीत जग्गाहरु वन मातहत ल्याउन सफल भएको थियो ।बिदाई तथा स्वागत कार्यक्रममा बोल्दै वन अधिकृत सिंहले २ बर्षको कार्यकालमा कर्मचारी र स्थानियको सहयोगले नै आफुले डिभिजन वन कार्यालयको अतिक्रमित जग्गाहरु फिर्ता ल्याउन सफल भएको बताउनु भयो ।

त्यसतै उहाँले आफुलाई गरेको सहयोग जस्तै नयाँ आउनु भएको वन अधिकृतलाई समेत सहयोग गर्न सबै सग आग्रह गर्नुभयो।उक्त कार्यक्रममा डिभिजन वन कार्यालय बाराका कर्मचारीहरु लगाएत साझेदारी वनहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय