जीतपुरमा गणेश भगवानलाई २ क्विन्टल ६१ किलोको लड्डु चढाईने

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।भदौ २० गते बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा आयोजना हुन लागेको श्रीगणेश चतुर्थी पूजामा यो वर्ष गणेश भगवानलाई २ सय ६१ किलो तौलको एउटै लड्डु चढाइने भएको छ । श्री सिद्धी विनायक पूजा समिति, जीतपुर बाराको आयोजनामा शनिवार  देखि ७ दिनका लागि भव्य पूजाको आयोजना हुन लागेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित गौशालाको फिल्डमा आयोजना हुन लागेको भव्य पूजाको पहिलो दिन शनिबार शोभायात्रा निकालेर महोत्सवको शुभारम्भ गरिने पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जनकारी गराएको छ ।

महोत्सव, मेला, खेल तमाशा, रोटे पिंङ्ग राख्ने र श्री गणेश चतुर्थीको परम्परागत विधिवत पूजा आजा गरिने पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष श्रीराम साह कानुले बताएका छन् । धार्मिक आस्था रहे अनुसार श्री गणेश भगवानलाई चढाईंदै आएको लड्डु महाप्रशाद को आकारमा भने बृद्धि गरिएको आयोजकका अध्यक्ष साहले जानकारी दिए । बिगतको महोत्सवमा बनाईंदै आएको २ सय ५१ किलोको एउटै लड्डुको आकारलाई बृद्धि गर्दै यस वर्षको पूजामा श्री गणेश भगवानलाई चढाउनका लागि २ सय ६१ किलोको एउटै लड्डु बनाउँन लागिएको उनले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

श्री गणेश भगवानको संध्या पूजा पश्चात प्रत्येक दिन ५० किलो लड्डु दर्शनार्थीहरूलाई बितरण गरिने र प्रत्येक दिनको संध्यामा भजन किर्तन हुने आयोजकले जनाएको छ ।गणेश भगवानको पूजाको लागि यस बर्ष करिब ७ लाख ३७ हजार सम्म खर्च हुने भए पनि अहिले सम्म २ लाख ५० हजार सम्म पैसा मात्र सहयोग प्राप्त भएको हुनाले आयोजन संस्थाका कोषाध्यक्ष मनोहर सोनीले पूजाको लागि आर्थिक सहयोग गर्न स्थानीयहरु संग अपिल गरेका छन् ।

बिगत १५ बर्ष देखि जीतपुरमा गणेश भगवानको पूजा धुमधामको साथ् पूजा गरिदैं आएको आयोजकले जनाएको छ ।प्रत्येक बर्ष झैँ यस बर्ष पनि गणेश भगवानको शोभा यात्रा हाती र घोडाले नगर परिक्रमा गरिने भएको छ ।यश बर्ष गणेश चतुर्थी पूजाको उद्घाटन मधेश प्रदेशको वन तथा बाताबरण मन्त्री त्रिभुवन साहले गर्ने भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय