जीतपुरसिमरा अस्पतालमा ४.७५ केजि बच्चाको नर्मल डिलेभरी,अस्पताल प्रती स्थानियको बिश्वास बढदै

पछिल्लाे समाचार

१९ असोज।सिमरा।बाराको जीतपुरसिमरा उपमहानगरपालिका द्वारा संचालनमा रहेको जीतपुरसिमरा नगर अस्पताल प्रती स्थानियको बिश्वास बढदै गएको छ ।अस्पतालले शुक्रवार ४.७५ केजिको बच्चाको नर्मल डिलेभरी गराउन सफल भए पछि अस्पताल प्रती स्थानियहरुको बिश्वास बढदै गएको छ ।

जीतपुरसिमरा नगर अस्पतालमा शनिवार जीतपुरसिमरा उपमहानगरपालिका जैतापुर निवासी मनिशा चौधरीले ४.७५ केजिको बच्चालाई जन्म दिएको छ ।अस्पतालमा रहेका चिकित्सकहरुको मिहिनेत र प्रयाशले बच्चाको नर्मल डिलेभरी गराईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए ।जीतपुरसिमरा अस्पतालमा पहिलो पटक ४.७५ केजिको बच्चाको हामिले नर्मल डिलेभरी गराउन सफल भएका छौ डा साहले बताए ।

मनिशा चौधरी शुक्रवार ११ बजे आफ्नो ४.७५ केजि तौल भएको छोरालाई जीतपुरसिमरा अस्पतालमा जन्म दिएको अस्पतालले जनाएको छ ।जीतपुरसिमरा अस्पतालको सेवामा सुधार भए सगै अस्पताल प्रती स्थानियहरुको बिश्वास बढदै गएको छ ।जीतपुरसिमरा अस्पतालमा अहिले उपचार गराउन आउमे बिरामिको समेत संख्या बढेको छ ।जीतपुरसिमरा अस्पतालको सेवामा सुधार भए सगै बिरगंज उपचार गराउन जाने समस्या बाट स्थानियहरुलाई छुटकारा मिलेको छ ।

मनिशा चौधरीले जन्म दिएको ४.७५ केजिको बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।केही दिन पहिला औषधि र बिधुतको समस्या झेल्दै आएको अस्पतालमा अहिले उपमहानगरले औषधि र बिधुत जस्ता समस्या समाधान गरेको छ  ।

spot_imgspot_img
spot_img

लोकप्रिय