हातेमालो साकोसको १७ औं वार्षिक साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

१९ असोज।सिमरा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले  गर्नुभएको थियो ।

स्वर्गीय डा.कृष्ण पौडेलको श्रीमतीलाई सम्मान

प्रमुख अतिथी समेत रहनु भएका मन्त्री क्षेत्रीले सहकारीले आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफल हुने बताउनु भयो । सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएकोमा हातेमालो सहकारी संस्थाको जति प्रशन्सा गरेपनी कम हुने बताए ।मधेश प्रदेश सरकारले लामो समयदेखी सम्पर्कमा नाअएको सहकारी संस्थाको दर्ता खारेजी गर्ने कार्यको चाडै सुरुवात गर्ने मन्त्री क्षेत्रीले बताए ।मधेश प्रदेशमा रहेका सहकारी संचालकलाई बोलाएर अन्तरक्रिया गरेर सरकार प्रदेश सहकारीको हकहितमा काम गर्न त्यार रहेको समेत मन्त्री क्षेत्रीले बताए ।

भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री आफ्नो मन्तव्य राख्दै

कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले नेता एवं पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल,संस्थाका उपाध्यक्ष सन्जय साह,समाजेवी मुकुन्द बहादुर क्षेत्री,समाजसेवी कृष्ण व्रत सिंह लगाएतकाले शुभकामना मन्तव्य राखनु भएको थियो ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी सहकारी हातेमालो सहकारी संस्थाले नमूनायोग्य काम गरिरहेको बताए । उनले सहकारी संस्थाहरुले छरिएर रहेको पूँजीलाई एकैस्थानमा ल्याएर लगानी गरिरहेको बताउँदै सहकारीहरुले लगानीको दायरालाई बढाएर लैजानुपर्ने धारणा राखेका थिए ।

मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी आफ्नो मन्तव्य राख्दै

संस्थाले चालू आर्थिक वर्षमा २ करोड ४२ लाख १७ हजार ६ सय ६९ रुपैयाँ मुनाफा गरेको संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।हातेमालो साकोसले आफ्नो स्थापना दिवसको अवसरमा पहिला देखिनै समाजिक कार्य गर्दै आईरहेको छ ।आफ्नो स्थापना दिवसको अवसरमा बृक्षारोपन,स्वास्थ्य समाग्री हस्तान्तरण ,रक्तदान लगाएत कार्यक्रमको आयोजना गर्दै आईरहेको संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेले बताउनु भयो ।

झिझिया गीतमा नृत्य गर्दै विद्यार्थीहरु

संस्थाले जीतपुरसिमरा नगर क्षेत्रभित्र ६ वटा सेवा केन्द्रमार्फत आफ्ना सेयरधनी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सहकारीका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगरप्रमुख  स्व:कृष्ण पौडेलको श्रीमतिलाई सम्मान गरिएको छ ।उक्त साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ,संस्थाका कोषाध्यक्ष बरुण गौतम लगाएत संस्थाका कर्मचारी ,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो

spot_imgspot_img
spot_img

लोकप्रिय