२१ कार्तिक।बारा : बारा जिल्लाको पचरौता नगरपालिकाको नगरप्रमुख जलन्धर सिंहले साडी सेट बितरण गर्नु भएको छ ।नगरप्रमुख सिंहले छठ ब्रतालु महिलाको घरमै पुगेर साडी सेट बितरण गर्नुभएको छ ।छठ पर्व बिधिवत रुपमा सुरु भएको बेला नगरप्रमुख सिंहले छठ ब्रतालु महिलाहरुलाई साडी सेट बितरण गर्न सुरु गर्नुभएको छ ।
बुधवार पचरैता नगरपालिकाको नगरप्रमुख जलन्धर सिंहले वडा न ७ बेनौली, सखुवाट,भवानिपुर र धरमनगर टोलका करिब १ हजार छठ ब्रतालु महिलालाई साडी बितरण गर्नु भएको छ ।तराईको जिल्लामा मनाइने छठ पर्व मुख्य पर्वको रुपमा मानिन्छ । नगरपालिका भित्र रहेका असहाय तथा गरिब परिवारको छठ ब्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ ।
त्यसतै वहाले छठ गर्ने सबै ब्रतालुहरुलाई छठ पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको छ । आफुले आउदो दिनमा पनि आफ्नो गाउँको जनतालाई आफ्नो तर्फ बाट र नगरपालिकाको तर्फ बाट भरपर्दो सहयोग गर्ने वहाले प्रतिबद्धता समेत जनाउनु भयो । छठ पर्व को तेस्रो दिन मुख्य सुर्य देवलाई अराग दिने बेला नया लुगा लगाउने चलन र विश्वास रहेकोले बिपन परिवारमा आर्थिक आभाव को प्रभावमा पर्व मनाउन कुनै किसिमको बाधा न पुगोस भने उदेश्य साथ साडी वितरण गरिएको नगरप्रमुख सिंहले बताउनु भएको छ ।