कालीकोट, कातिक २५ गते। कालीकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलमा जिप दुर्घटना हुँदा ८”जनाको घटनास्थलमै मृत्यु भएको छ। खिनदेखी थिर्पुसम्म आउदै गरेको क १ ज ५६ नम्बरको बलेरो जिप आइतबार दिउँसो २ बजेट ३० मिनेटतिर राडुकाप्रे खोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा १३ जना गम्भीर घाइते भएको समेत जनाइएको छ। गाडीमा कति जना थिए भन्ने खुलेको छैन। अझै खोज तथा उद्धारमा प्रहरी र स्थापित जुटेको जनाइएको छ। मृतकको पहिचान भने हुन सकेको छैन। घाइतेको हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा उद्धार भइरहेको छ। अहिलेसम्म बसमा जम्मा १९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।