मधेश प्रदेश सरकारको ऊर्जा,सिंचाइ तथा खानेपानी मन्त्री यादवले गरे गढिमाई मेलाको अवलोकन

पछिल्लाे समाचार

मंसिर ०४ गते ।बारा : बिश्व प्रसिद्ध गढिमाई मेलाको मधेश प्रदेश सरकारका उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले मंगलबार अवलोकन तथा निरीक्षण गरेका हुन ।मंसिर ०१ गते देखि महागढिमाई नगरपालिकाको बरियारपुरमा सुरु भएको बिश्व प्रसिद्ध गढिमाई मेलाको मन्त्री यादवले मन्त्रालयको टिम सहित अवलोकन तथा निरीक्षण गरेका हुन।

विश्व प्रसिद्ध गढिमाई मेलाको अवलोकन तथा निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारका उर्जा,सिचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले गढिमाई मन्दिर हिन्दुहरुको एउटा ठूलो आस्था बोकेको मन्दिर रहेकोले यस मेलालाई सबै मिलेर सभ्य र भब्य बनाउनेमा जोड दिनुपर्ने बताए । खानेपानी, ढल र शौचालयलगायतका पूर्वाधार निर्माण तथा व्यवस्थापनमा मधेश प्रदेश सरकार बाट कुनै पनि कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।

बिश्व प्रसिद्ध गढिमाई मेलालाई सभ्य र भब्य बनाउनको लागि प्रदेश सरकार पनि केन्द्र सरकार जस्तै लागिपरेको मन्त्री यादवले बताए ।पन्चबर्षिय गढिमाई मेला मुल ब्यवस्थापन समिती संग समन्वय गरेर खानेपानी मन्त्रालयले आवस्यक पर्ने खानेपानी पाईप लगाएतका समाग्री उपलब्ध गराउन मधेश प्रदेश सरकार तत्पर रहेको मन्त्री यादवले गढिमाई मेला अवलोकन तथा निरीक्षण गर्ने क्रममा बताए ।बिश्व प्रसिद्ध गढिमाई मेला अवलोकन तथा निरिक्षण गर्न आएका उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र मन्त्रालयका सचिव जक्की अहमद अन्सारीलाई महागढिमाई नगरपालिकाका नगरप्रमुख एवं पन्चबरषिय गढिमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले फूल माला लगाई स्वागत गरेका थिए ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय