नगरप्रमुख यादव आफै पुगे गढीमाई मेलाको निम्तो दिन छिमेकी देश भारतको रक्सौल

पछिल्लाे समाचार

०४ मंसिर :बारा : बली पूजाका लागि विश्वमै प्रशिद्धी कमाएको माता गढीमाईको मेला बाराको बरियारपुरमा मंसिर १ गतेबाट औपचारिकरुपमा शुरु भइसकेको छ । मेला सुरु भए देखि गढीमाई मेलाबारे अन्तरराष्ट्रिय चर्चासमेत प्रारम्भ भएको छ । प्रत्येक पाँच वर्षमा एकचोटि लाग्ने गढीमाई मेलामा देश विदेशबाट भक्तजन तथा दर्शनार्थीहरु आउन सुरु गरिसकेका छन् । गढीमाई मेलालाई विश्वमा नै सबैभन्दा बढी बलिदिने मेलाको रुपमा समेत चिनिने गरिन्छ ।

पन्चबर्षिय गढिमाई मेला सुरु भए संगै महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पन्चबर्षिय गढिमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादव अहिले मेला हेर्न आउनको लागि अतिथिहरुलाई निम्तो दिनमा ब्यस्त भएको छ ।नगरप्रमुख यादवले मंगलबार छिमेकी देश भारतको रक्सौलमा पुगेर विश्व प्रसिद्ध गढीमाई मेला हेर्न आउनको लागि अतिथिहरुलाई निम्तो दिनु भएको छ ।

मंगलबार नगरप्रमुख यादवले रक्सौलका नगरपरिषद् को चेयरमैन श्रीमती द्रुपति देवी, स्टेशन अधीक्षक, पूर्व मध्य रेलवे, रक्सौल जंक्शन श्री अनिल कुमार सिंह, रक्सौल नगरपरिषद् कार्यकारी अधिकारी मनिष कुमार, रक्सौल नगरपरिषद् डिप्टी चेयरमैन पुष्पा देवी, रक्सौल कस्टम अधीक्षक संजय झा,वी.आर. प्रमोद, अधीक्षक, आशीष रंजन निरीक्षक सीमा शुल्क,LCS, रक्सौल लाई गढीमाई मेला हेर्न आउनको लागि निम्तो दिनु भएको छ ।

यदि कसैले स्वच्छ र पवित्र मनले गढीमाईको दर्शन गरे, उनको सबै मनोकामना पूरा हुने जनअस्था र विश्वास भएकाले गढीमाई मेलामा लाखौं भक्तजन तथा दर्शनार्थीहरुको भिड लाग्ने गरेकोले रक्सौलका उच्च अधिकारीहरुलाई नगरप्रमुख यादवले मेला अवलोकन गर्न आउनको लागि निम्तो दिनु भएको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय