०३ माघ।बारा : एन आईसी एसिया बैंकको लापरबाहीको कारण पीडित माथी झन पीडा थपिएको घटना बाहिरीएको छ।एन आईसी एसिया बैंक बिरगंज पावर हाउस शाखाले करोडौको घर लाखौंमा लिलामी गरे पछि अहिले पिडित परिवार बिचलित भएको छ।एनआईसी एसिया बैंकले करिब १ करोड २० लाखको घर २३ लाखमा मात्र लिलामी गरे पछि पिडित परिवार अहिले घरबिहिन हुने अवस्थामा पुगेको छ ।

बाराको प्रसौनी गाउँपालिकाको हाल वडा न ०१ को कित्ता न ४८४ को ८ धुर जग्गामा बनेको ३ तल्ले घरको एनआईसी एसिया बैंकले २३ लाख मात्र मुल्यांकन गरेको छ भने उक्त जग्गाको मुल्यांकन पनि बैंकले घर सहित गरेको मुल्यांकन भन्दा दोब्बर रहेको स्थानियहरुले बताएको छ।घर धनी अहिले आफू घरबिहिन बन्ने अवस्थामा पुगेको बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर बताए।एनआईसी एसिया बैंकको म्यानेजर प्रसौनी गाउँपालिकाको वडा न १ को वडाध्यक्ष लालबाबु मुखियाको मिलोमतोमा करोडौ को जग्गा सहितको घरको मुल्यांकन कम गरिएको घरधनीले आरोप लगाएको छ।

घरधनी कृष्णा शर्माको अनुसार बैंक बाट आफुले २ ठाउँको जग्गा सहितको घर धितो राखेर ७० लाख ऋण लिएको र २ किस्ता मात्र पैसा बुझाउन नसके पछि बैंकले आफ्नो जग्गा सहितको घर लिलामी प्रक्रियामा अगाडि बढाउदा आफुले उक्त घर र जग्गा पुनः लिनको लागि बैंकमा पैसा जम्मा गर्दा समेत बैंकले वडाध्यक्ष मिलोमतोमा ४ महिना पछि पैसा फिर्ता दिएको तर उक्त जग्गा सहितको घर लिलामिमा अरुलाई दिएको आरोप लगाए ।वडा अध्यक्ष लालबाबु मुखियाले सो जग्गा आफ्नै भाइ बुहारीको नाममा सकार गरेको रहस्य बाहिर आएपछि बैक र मुखियाको मिलोमतो रहेको आंशाका गर्न लागिएको छ ।
वडाध्यक्ष लालबाबु मुखियाले बैंक संगको मिलोमतोमा जग्गा सहितको घरको कम रकम मुल्यांकनमा देखाएर बैंकलाई पत्र पठाएको र वडाध्यक्ष मुखियाले नै आफ्नो ब्यक्तिलाई लिलामी बाट घर सकार गर्न लाएको घरधनी शर्माले वडाध्यक्ष माथी आरोप लगाएको छ।करोडौंको जग्गा सहितको घरको बैंकले कुन आधारमा २ वटा घरको ५७ लाख मात्र मुल्यांकन गरेको हो भनेर अहिले प्रश्न उठिरहेको छ।बैंक जस्ता संस्थाको गैरजिम्मेवार पनको कारण आज शर्मा परिवार घरबिहिन बन्ने अवस्थामा पुगेको छ।वडाध्यक्ष लालबाबु मुखिया पटक पटक घरमा आएर घर खाली गर्न आफुहरुलाई दवाब दिने गरेको घरधनी कृष्णा शर्माले बताए ।बेलाबेलामा वडाध्यक्ष ज्यु आएर हाम्रो घरमा हामिलाई धर्काउनु हुन्छ र घरमा तोडफोड समेत गर्नु हुन्छ शर्माले भने´।