प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

०५ पौष ।सिमरा : प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिमरास्थित होटेल पराडाईजको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन ।पुस २९ गते सम्पन्न प्रेस सेन्टर नेपाल बारा कार्यसमितिको पाँचौ अधिवेशनबाट चयन भएका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराका पाँचौ जिल्ला अधिवेशनका निर्वाचन कमिटि सदस्य रमेश साहले सपथ खुवाएका थिए । सपथ खुवाउँदै उनले संगठनप्रति प्रतिवद्ध हुँदै पत्रकारीताको धर्म निर्वाह गर्न निर्देशन दिएका थिए ।

प्रेस सेन्टर नेपाल बाराको सपतः ग्रहण कार्यक्रममा सहभागीहरुले नयाँ कमिटिलाई बधाई एवं शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै नेकपा माओवादीका जीतपुरसिमरा नगर कमिटि अध्यक्ष प्रेम बरालले समाज रुपान्तरणकालागी संचार माध्यममले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । संचारकर्मी र संचार क्षेत्रलाई आम नागरीकले गर्ने विश्वास सदैव कायम रहने गरी संचारकर्म गर्नुपर्नेमा जोड दिदै बरालले नकारात्मक भन्दा सकारात्मक समाचार सम्प्रेषणमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

प्रेस युनियन नेपालका केन्द्रिय सदस्य गणेश रिजालले संचार क्षेत्रमा सँख्यात्मक भन्दा गुणस्तरीय जनशक्ती उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको जिकिर गरे । उनले बैचारीक दृष्टिकोणले जुनसुकै संगठनमा आवद्ध रहे पनि संचारकर्मीहरुले पत्रकारिताको धर्मलाई कहिल्यै बिर्सन नहुने बताए । पत्रकार महासंघले संचार क्षेत्रमा प्रवेश गर्न चाहने युवाहरुलाई लक्षित गर्दै आगामी दिनमा बिभिन्न किसिमका तालिमको आयोजना गर्ने गरि नेपाल पत्रकार महासंघ बाराका नवनिर्वाचित कार्यसमिति संग आग्रह गरे । त्यस्तै प्रेस सेन्टर नेपालको नयाँ कार्यसमितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । पहिलो बैठकले प्रेस सेन्टर नेपाल बाराको कार्यसमितिमा २ जना सदस्यलाई मनोनित गर्ने निर्णय गरेको छ भने प्रेस सेन्टर नेपालको खाता खोल्ने समेत निर्णय गरेको प्रेस सेन्टर नेपाल बाराका सचिव अखिलेश यादवले बताए ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय