जीतपुरसिमरा उपमहानगरपालिकामा ७ हजार ८ सय ५१ जना किशोरीलाई एच .पी. भी खोप लगाइने

पछिल्लाे समाचार

१७ माघ । सिमरा : एच पि भी खोप अभियान २०८१ जीतपुरसिमरा उपमहानगरपालिकामा झन्डै ७ हजार बढी किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ । माघ २३ गतेदेखि माघ २८ गतेसम्म कक्षा ६ देखि १० सम्म छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरी लक्षित गर्दै एचपिभी विरुद्धको खोप अभियान निःशुल्क रुपमा सञ्चालन गर्न लागेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको जीतपुरसिमरा नगर स्तरीय खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर एच.पि.भी खोप बारे जानकारी गराईएको छ। जीतपुरसिमरा नगर स्तरीय खोप समिति र संचार क्षेत्रको अभिमुखिकरण कार्यक्रममा जीतपुरसिमरा स्वास्थ्य शाखा प्रमुख रबि कुमार भाष्करले नगरका ७८५१ किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने एचपिभी विरुद्धको खोप लगाइने जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधी व्यवस्था विभागले समेत स्वीकृत भएकाले खोप सुरक्षित र प्रभावकारी रहेको छ । एचपिभी खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने पेट दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता प्रतिकुल असर देखिएपछि यस प्रकारका असर आफै ठिक हुँदै जाने हुँदा नआतिन नागाजुन नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारण हो ।यो रोगबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने अध्ययनले देखाएको छ । जीतपुरसिमराका स्वास्थ्य शाखा अनुसार विद्यालयमा अध्ययनरत छात्राहरुलाई माघ २३ देखि २८ सम्म विद्यालय मै पुगेर खोप लगाईने र अन्य छुटेका विद्यार्थी तथा विद्यालय भन्दा बाहिर रहेका उमेर समुह भित्रका किशोरीहरुलाई स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिने छ । जीतपुरसिमराका स्वास्थ्य शाखा प्रमुख रबि कुमार भाष्करले एच.पि.भी. खोप अभियानको कार्यनीतिको बारेमा जानकारी दिदै सरकारले यसै वर्षदेखि एच.पि.भी. खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताए ।एच.पि.भी. खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको उनको भनाई छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय