मधेश प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनसीप सुरु

पछिल्लाे समाचार

१७ माघ, सिमरा : लोटस एकेडमी सिमराले मधेश प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनसीप प्रतियोगिताको आयोजना गरेको छ ।बाराको सिमरास्थित लोटस एकेडमीमा भएको प्रतियोगिताको उदघाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको हो ।स्क्र्याबल च्याम्पीयनसीपमा एउटा सामुदायिक विद्यालय र १४ वटा संस्थागत विद्यालयका गरी ५० जना छात्रछात्राले भाग लिएका थिए ।

सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्र्याबल खेल नेपालमा पहिलोचोटी सन् २०१५मा अंग्रेजी शब्दका लागि सुरुवात गरिएको थियो । यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने हुन्छ । स्क्र्याबल खेलको नेपाली रुपान्तरण नभइसकेपनि यो कोठेपद र शब्दजालजस्ता शब्द पनि प्रयोग गर्न सकिने लोटस एकेडमी सिमराका संचालक सुबाश अधिकारीले बताउनु भयो ।

बिहिवार देखि सुरु भएको मधेश प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनसीप प्रतियोगितामा बारा, पर्सा,सिरहा र धनुषा जिल्लाको बिभिन्न विद्यालयहरुको विद्यार्थीहरुको सहभागिता रहेको अधिकारीले बताउनुभयो ।लोटस एकेडमी सिमराले यो भन्दा पहिला राष्ट्रिय स्तरका स्क्र्याबल च्याम्पियनसीप प्रतियोगिताको आयोजना गरेको थियो भने यस वर्ष मधेश प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनसीप आयोजना गरेको छ ।स्क्र्याबल च्याम्पियनसीप प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले यस प्रतियोगिताले विद्यार्थीहरिको अतिरिक्त क्रियाकलापको साथ् साथै पढाईमा समेत बिशेष सहयोग पुग्ने बताउनुभयो ।त्यसति उहाँले लोटस एकेडमी सिमराले उपमहानगरमै उत्कृष्ट प्रतियोगिताहरुको आयोजना गर्दै आईरहेको हुनाले विद्यालय परिवारलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

लोटस एकेडमीका प्रधानाध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख अतिथ्यता रहेको थियो ।बिहिवार बाट सुरु भएको प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनसीप प्रतियोगिता शुक्रबार सम्म चल्ने छ ।बिजेता विद्यार्थीले मेडल र प्रमाणपत्र पाउने आयोजक विद्यालय लोटस एकेडमीले जनाएको छ ।प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनसीप प्रतियोगितामा सहभागी विद्यालयको शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय