नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा कलैयामा प्रभातफेरि

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।२२ माघ,कलैया । नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ ।मंगलबार नेपाल टेलिकम दुरसंचार कार्यालय कलैयाले प्रभातफेरि गरेर आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ ।नेपाल टेलिकम दुरसंचार कार्यालय कलैयाको परिषर बाट निकालिएको प्रभातफेरि कलैया नगरको परिक्रमा गरि पुनः कार्यालयमा आएर सम्पन्न गरिएको नेपाल टेलिकम दुरसंचार कार्यालय कलैयाका प्रमुख अमितकुमार साहले बताउनुभयो ।

नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ।कम्पनीले डिजिटल सेवाको पहुँचलाई थप सहज बनाउन तथा उपभोक्तामुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता सहित नयाँ अपहर जारि गरेको कार्यालय प्रमुख साहले बताउनुभयो ।वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष एनिभर्सरी प्याकेज अफर ल्याएको छ। माघ २२ देखि फागुन ८ सम्म लागू हुने यो योजना अन्तर्गत ५९ रुपैयाँमा एक दिनको अवधि रहेको १ एमबीपीएस अनलिमिटेड डाटा प्लस १२० मिनेटको भ्वाइस प्याकेज उपलब्ध गराइनेछ ।

त्यसैगरी, ४९९ रुपैयाँमा १ महिनाको समयावधि भएको अनलिमिटेड अल नेट भ्वाइस कल प्याकेज, ५९९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक र ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइनेछ।एफटीटीएच ग्राहकका लागि कम्पनीले नयाँ अफर ल्याएको छ जसमा वार्षिक प्याकेज खरिद गर्दा १ महिनाको थप सेवा र दुई वर्षको प्याकेजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै टेलिकमले ५ एमबीपीएस गतिमा २० जीबी डाटा प्रयोग गर्न सकिने दैनिक टिकटक प्याकेज ४८ रुपैयाँमा र साप्ताहिक प्याकेज १७० रुपैयाँमा उपलब्ध गराएको छ ।

२०८१ मंसिर महिनाको अन्त्यसम्म, कम्पनीका भ्वाइस सेवाका ग्राहक २ करोड १२ लाख ४२ हजार र इन्टरनेट तथा डाटा सेवाका ग्राहक २ करोड ११ लाख भन्दा बढी पुगेका छन्।नेपाल टेलिकमको ४जी सेवा नेपालभर विस्तार गर्दै ७७ जिल्लामा यसको पहुँच पुगेको छ र आगामी दिनहरूमा ५ जी प्रविधिको परीक्षण र कार्यान्वयनको लागि तयारी भइरहेको जनाएको छ । कम्पनीले आफ्नो एफटीटीएच सेवा विस्तारको लागि हालसम्म ७७ जिल्लामा सेवा उपलब्ध गराइसकेको छ, जसले देशभरको ग्राहकलाई उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय