शान्ती सुरक्षाको मामिलामा कसै संग सम्झौता नगर्ने बाराका एसपी सन्तोष तामाङ्गको प्रतिबद्धता

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।२२ माघ ,कलैया : बारा जिल्लामा भर्खरै मात्र सरुवा भएर आउनुभएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सन्तोष तामाङ्गले मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको सभाहलमा जिल्लाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।कार्यक्रममा बोल्दै एसपी तामाङ्गले कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने,बोलेर भन्दा काम गरेर देखाउने आफ्नो कार्यकालमा अपराध अनुसन्धानमा कुनै पनि पक्ष सँग नझुकेर कार्वाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुक्रबार देखि बारा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका एसपी सन्तोष तामाङ्गले जिल्ला मातहतका सबै युनिटलाई अँझै सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् ।छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरुको सहयोग प्राप्त हुने एसपी तामाङ्गको विश्वास छ ।जिल्लामा केही ठाउँमा तस्करी र ,जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउदै जिल्लामा हुने शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न पत्रकारहरुसँग समेत सहकार्य गरेर अगाडी बढ्ने एसपी तामाङ्गले बताउनु भयो ।

परिचयात्मक कार्यक्रममा पत्रकाहरूले कसैको दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख तामाङ्गलाई सुझाव दिएका थिए । शान्ति सुरक्षाका हिसाबले बारा जिल्ला संवेदनशील जिल्ला भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा थप मजबुत बनाउन तामाङ्गलाई अनुरोध समेत गरेका थिए ।जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएर आउनु भएको एसपी सन्तोष तामाङ्गले पत्रकार र प्रहरी बीचको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउदै सुचना खोजी र प्रवाह गर्ने विषयमा पत्रकारहरुलाई सहज तरिकाले सुचना उपलब्ध गराउने प्रतिबद्धता समेत गर्नुभयो।परिचयात्मक कार्यक्रममा सहभागि पत्रकारहरुले बारामा लागु औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रणसँगै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीले सबै सँग सहकार्य गर्दै जान सुझाव दिएका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय