बारामा पनि एच.पी.भी खोप अभियान सुरु,४५ हजार ५ सय ३५ जनालाई खोप लगाईने

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । २३ माघ । कलैया : राष्ट्रीय खोप अभियान अन्तर्गत बारामा पनि पाठेघर रोगविरुद्घको खोप (एचपीभी) लगाइने अभियान सुरु भएको छ ।बाराको फेटा गाउँपालिका बाट आज देखि एच.पी.भी खोप अभियान सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव र फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै खोप अभियानको उद्घाटन गर्नुभयो।

स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार माघ २३ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बाराका १६ वटै पालिकाका ४५ हजार ५ सय ३५ जना बालिका र किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ।स्वास्थ्य कार्यालय बाराका अनुसार एचपिभि खोप पूर्ण रूपमा सुरक्षित रहेको छ । किशोरीहरूको जीवन रक्षाकालागी खोप प्रभावकारी उपाय भएकोले अभिभावकहरूले आफ्ना बालिकालाई खोप लगाउन प्रेरित गर्नुपर्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका सुदिश अधिकारीले कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय बाहिरका १० बर्ष देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिइने तयारी गरिएको जनाए । उनका अनुसार अभियानको पहिलो दिन विद्यालय तथा अन्तिम दिन स्वास्थ्य चौकिहरुमा खोप लगाईनेछ ।यहाँ प्रथम चरणमा माघ २३–२५ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका,परवानीपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाँउपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिकामा खोप लगाईनेछ ।त्यस्तै दोस्रो चरणमा फाल्गुन ४–६ गतेसम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिकाका किशोरीहरुलाइ यो खोप लगाईनेछ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय