२४ माघ,कलैया : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । फोनिजको चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सह संयोजक भुवन चौधरीले बिहिवार कोल्हवी नगरपालिकाको वडा न ३ स्थित पथलवा घाटमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो।
माघ ९ गते करैयामाई गाउँपालिकाको नरहीमा सम्पन्न चौथो अधिवेशन बाट धिरेन्द्र पनुहरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।निर्वाचन समिति सह-संयोजक भुवन चौधरीको अध्यक्षता एवं कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख अतिथ्यतामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जिल्ला कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सपथ ग्रहण कार्यक्रममा बोल्दै फोनिज बाराका सल्लाहकार जितलाल श्रेष्ठले कोल्हवी नगरपालिकामा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको भवन निर्माणको लागि कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रकाश चौधरीको ध्यानाकर्षण गराउनुभयो ।बारा शाखाले गरेको कार्य प्रदेश देखि लिएर केन्द्र सम्म चर्चा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष दुष्यान्त चौधरीले बताउनु भयो।

सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले देशको परिवर्तनको संघारमा पत्रकारहरुको ठूलो योगदान रहेको बताउनु भयो ।पित पत्रकारीता छोडेर सत्य र तथ्य समाचार संकलन गर्न समेत उहाँले पत्रकारहरु संग आग्रह गर्नुभयो ।स्थानिय सरकार बाट भईरहेको कमि कमजोरीलाई बेला बेलामा पत्रकारहरुले समाचार मार्फत उजागर गर्ने गरेकोले स्थानिय सरकारले त्यस्ता कमि कमजोरीलाई सुधार गर्दै गईरहेको उहाँले बताउनुभयो ।कोल्हवीका पत्रकारहरुको क्षमता विकाशको लागि तालिमको आयोजना गर्नको लागि कोल्हवी नगरपालिका सधैं तयार रहेको कोल्हवी नगरपालिकाको उपप्रमुख लक्ष्मी चौधरीले बताउनु भयो ।

सपथ पछि बारा शाखाका नवनिर्वाचित अध्यक्ष धिरेन्द्र पनुहरले आदिासीजनजाति पत्रकारहरूको हकहितका लागि आफू सधैं दत्तचित भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आदिवासी जनजाति पत्रकारहरूका लागि सम्बन्धित निकायमा आवाज उठाउन कुनै कसर बाँकी नराख्ने अध्यक्ष पनुहरले बताउनु भयो। साथै बारा शाखालाई क्रियाशील बनाएर नेतृत्वदायी भूमिका अगाडि बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिको सपथ ग्रहण कार्यक्रममा नेपाल प्रेस युनियनका मधेश प्रदेश सचिव सन्तोष पाण्डे ,प्रेस युनियनका गुरु प्रसाद गौतम ,अग्रज पत्रकार गोकुल घोर्साईने लगाएतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।