पाथीभरा इङ्गलिश बोर्डिङ्ग स्कूलको २४ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

पछिल्लाे समाचार

२६ माघ .सिमरा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनिमा रहेको पाथीभरा इङ्गलिश बोर्डिङ्ग स्कूलको २४ औं बार्षिकोत्सव एवं अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।पाथीभरा इङ्गलिश बोर्डिंग स्कूलले यस पल्ट बिभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामले आफ्नो २४ औं बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । आफ्नै बिधयालयको प्राङ्गनमा आयोजना गरेको बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिमा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारि तथा बिशिस्ट अतिथिमा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसाद रहनु भएको थियो ।

पानसमा बती बालेर नगर उपप्रमुख भोला अधिकारिले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला अधिकारीले बिगत २४ साल देखि पाथिभरा इङ्गलिश बोर्डिङ्ग स्कूलले जीतपुरसिमरामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले बिधयालयको उज्ज्वल भबिस्यको कामना गर्नु भएको थियो । त्यस्तै उहाँले नगर भित्रकै एक उत्कृष्ट बिद्यालयको रुपमा स्थापित भएको पाथीभरा इङ्गलिश बोर्डिंग स्कूलले अझै आफ्नो बिद्यालयको बिद्यार्थीहरुको शिक्षामा ध्यान दिदै जानु पर्ने तर्फ बिद्यालयलाई लाग्न आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लकि रिमालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। पाथिभरा इङ्गलिश बोर्डिङ्ग स्कूलको २४ औं बार्षिकोत्सव एवं अभिभावक दिवश कार्यक्रमा शिक्षक लगाएत बिद्यार्थीहरुले नृत्य प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा बिद्यालयको शिक्षक,शिक्षिका,अभिभावक लगाएत संचारकर्मीको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय