सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम शुरु

पछिल्लाे समाचार

अखिलेश यादव । २७ माघ,सिमरा ः बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम शुरु भएको छ ।राष्ट्रिय युवा परिषद् र जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम शुरु भएको हो ।आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि लगाएतका अतिथिहरुले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गर्नुभएको छ ।

सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले स्वरोजगार बन्ने माध्यमका रूपमा यसखालका तालिम सञ्चालन भएकोले तालिमको अवधि सम्म पुरै ध्यान तालिममै केन्द्रित गरेर सिक्नुपर्नेमा जोड दिनुभयो ।उद्यमशीलता विकास तालिम अन्तर्गत व्यवसाय गर्ने तरिका, व्यवसाय सुरुवात गर्ने तरिका, व्यवसायबाट नाफा आर्जन गर्ने तरिका, योजना बनाउने तरिका जस्ता कामहरू सिकाइने भएकोले तालिममा सहभागीहरुले सिकेको कुरा व्यवहारमा उतार्ने हो भने एक असल उद्यमी बन्न यस तालिमले सहयोग पुग्ने उपप्रमुख अधिकारीले बताउनुभयो ।

बेरोजगार अवस्थामा रहेका मानिसहरूलाई गाउँ गाउँमा नै रोजगार बनाउने हेतुले उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम शुरु सुरु गरिएको लघु उधम शाखा जीतपुरका दीपनारायण चौधरीले बताउनुभयो ।सिप सिकौँ रोजगार बनौँ भन्ने उद्देश्यका साथ सुरु तालिम सञ्चालन गरिएको हो। तालिममा ३५ जनाको सहभागिता रहेको छ । व्यवसाय गर्न कठिनाइ भएका व्यवसाय कसरी गर्ने, उत्पादन बढाउने उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने र वस्तुको मूल्य राम्रो पाउने भने बारेमा जानकारी दिने तालिमको उद्देश्य रहेको राष्ट्रिय युवा परिषदका प्रशिक्षक सावित्री आचार्यले बताउनुभयो ।तालिमले आफैमा आत्मनिर्भरता कसरी बन्न सकिन्छ भने कुरामा थप टेवा पुग्ने उहाँले बताउनुभयो।


तालिममा सहभागी भएका उद्यमीहरुलाई राष्ट्रिय बाणिज्य बैंकले बिना धित्तोको १५ लाख सम्म ऋण दिने जीतपुरसिमरा लघु उधम शाखाका दीपनारायण चौधरीले बताउनुभयो ।तालीम सम्पन्न भएपछी उद्यमीहरुले प्रस्तुत गरेको व्वासायिक योजनाका आधारमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले बिना धितोको १५ लाख रुपैयाँ बाराबरको सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने राष्ट्रिय युवा परिषद्का प्रशिक्षक बालकृष्ण गैरेले बताउनुभयो । माघ २७ गते देखि सुरु भएको सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम फागुन ०३ गतेसम्म चल्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।राष्ट्रिय युवा परिषद काठमाडौँ बाट आएका २ जना बरिष्ठ प्रशिक्षकहरुले प्रशिक्षण दिईने छ । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, साना किसान कृषि सहकारी संस्था सिमराकी अध्यक्ष कमला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिकाकी सदस्य प्रभावती पासवान, नगर सभा सदस्य विशाल घिमीरे लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय