अखिलेश कुमार यादव। २० फाल्गुन,कलैया : घरेलु तथा साना उद्योग कार्यालय बाराको आयोजना एवं बारा उद्योग वाणिज्य संघको समन्वयमा एक दिने बजार विस्तार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बारा उद्योग वाणिज्य संघकोसभा कक्षमा मंगलबार एक दिने बजार बिस्तार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।घरेलु तथा साना उद्योग कलैया बाराको कार्यालय प्रमुख देबेन्द्र झाको अध्यक्षतामा आयोजना गरिएको बजार विस्तार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बारा उधोग बाणिज्य संघक अध्यक्ष राजकुमार साहको प्रमुख अतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा उद्योगी व्यवसायीले बजारसँग सम्वन्धित विषय र यसको विस्तारका लागि ध्यान दिनुपर्ने विषयमा छलफल गरिएको थियो ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह ,उपाध्यक्ष प्रदीप कुमार साह,महासचिव रामअसिश साह लगायतले उद्योगी व्यवसायीहरुले आफ्नो स्थानीय तथा बाह्य बजार सम्वन्धि पूर्ण जानकारी राख्नुपर्ने, ग्राहकको पहिचान, वातावरण लगायत बजारसँग सम्वन्धीत विषयको राम्रो दखल हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देबेन्द्र झाले कार्यक्रमको महत्व र उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।

सहभागिहरुले कार्यक्रम ज्ञानमुलक रहेको र आफ्नो व्यवसाय विस्तारमा सहयोग हुने बताउनुभएको थियो । बारा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, विभिन्न समितिका सदस्य एवं उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अमोद यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपभोक्ता हित संरक्षण मंच मधेश प्रदेशका सदस्य अरुण खनालले कार्यक्रम संचालन गर्नुभएको थियो ।