करैयामाई गाउँपालिका वडा नं ५ मा आँखा जाँच शिविर सम्पन्न,१सय ४२ जनाले गराए आँखाको उपचार

पछिल्लाे समाचार

२३ फाल्गुन ,कलैया : करैयामाई गाउँपालिका वडा नं ५ को आयोजनामा तथा नेपाल आँखा अस्पताल, औराहाको सहकार्यमा बिहिवार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। शिविरमा सयौं जना आँखाको बिरामीहरुले आँखाको निःशुल्क परीक्षण गराएका छन्। वृद्धवृद्धा, महिला तथा बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको शिविरमा आँखासम्बन्धी विभिन्न समस्या पहिचान गरी आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो।निःशुल्क आँखा शिविर कार्यक्रममा बोल्दै वडा न ५ का वडाध्यक्ष उमेश प्रसाद चौधरीले शिविरलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै वडाबासीको स्वास्थ्य सेवामा पहुँच बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आँखा जाँचमा आएका धेरैजसोमा मोतियाबिन्दुको समस्या देखिएको र त्यस्ता आँखाको बिरामीहरुको वडा कार्यालयको सहकार्यमा निःशुल्क रुपमा अप्रेशन गरिने उहाँले बताउनुभयो ।शिविरमा आँखा जाँच गराउन आएका सेवाग्राहीहरुले यो पहललाई सराहना गरेका छन्।शिविरमा १ सय ४२ जनाले आँखा जाँच गराएका थिए भने मोतियाबिन्दु देखापरेका बिरामीहरुको नेपाल आँखा असपताल औराहामा निःशुल्क अप्रेशन गरिने शिव कुमार चौधरीले जनकारी दिनुभयो।

spot_imgspot_img
spot_img

लोकप्रिय