करैयामाईमा प्रधानाध्यापकहरुको बैठक सम्पन्न,शिक्षाको गुणस्तर सुधारमा सबैको सहकार्य आवश्यक छ : अध्यक्ष यादव

पछिल्लाे समाचार

अखिलेश यादव । २३ फाल्गुन,कलैया ः बाराको करैयामाई गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बिहिवार प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ। बैठकमा गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरु, शिक्षा शाखाका प्रतिनिधिहरु तथा सम्बन्धित अधिकारीहरुको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री शम्भु प्रसाद यादवले गर्नुभएको थियो। गाउँपालिका अध्यक्ष यादवले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै पक्षबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो।

अध्यक्ष यादवले शिक्षामा नवीन प्रविधिको प्रयोग, विद्यार्थीहरुको नियमित उपस्थिति र शैक्षिक पूर्वाधार सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।गाउँपालिकाका उपाध्यक्ष सुनैना देवी चौधरीले विद्यालयहरुमा बालबालिका मैत्री वातावरण निर्माण, छात्रवृत्ति वितरणमा पारदर्शिता र छात्राछात्राहरुलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने विषयमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरुको नियमित उपस्थिति र शिक्षाको गुणस्तर सुधारका लागि पालिका स्तरबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

शिक्षा शाखाका प्रमुख बिध्यानन्द यादवले विद्यालयहरुमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा प्रष्ट पार्दै त्यसको समाधानका लागि शिक्षा शाखाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन र शिक्षकहरुको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए।प्रशासकीय अधिकृत बिरेन्द्र महतोले शैक्षिक कार्यक्रमहरु प्रभावकारी बनाउन बजेट र स्रोतको उचित व्यवस्थापनको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न प्रशासनिक पक्षबाट सहयोगको आश्वासन पनि दिनुभयो।बैठकमा विद्यालयको शैक्षिक स्तर उकास्न आवश्यक योजनाहरु तथा भावी कार्यक्रमहरुको बारेमा विस्तृत छलफल गरिएको थियो।

सहभागी प्रधानाध्यापकहरुले आफ्ना विद्यालयमा देखिएका समस्याहरुको समाधानका लागि सुझाव तथा मागहरु राखेका थिए।शिक्षा शाखाले बैठकमा उठेका सुझावहरुलाई समेटेर आगामी शैक्षिक कार्यक्रमहरु तयार पार्ने योजना बनाएको छ।उक्त बैठकमा वडा नं १का वडा अध्यक्ष सोनालाल साह ३ का वडा अध्यक्ष प्रशुराम यादव, ८ का वडा अध्यक्ष , दिनेश चौधरी ,कार्यपालिका सदस्य दिपक पासवान, प्र अ गजेन्द्र वरै , रामवावु यादव , रामाशंकर केशरी , महेन्द्र राम ,बिरेन्द्र चौधरीको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय