शैक्षिक सत्र २०८१ मा गरिएका अतिरिक्त क्रियाकलापहरुको समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।२६ फाल्गुन ।सिमरा ः बाराको सिमरास्थित होटेल श्रेष्ठ रेसिडेन्सीमा एन प्याब्सन जीतपुरसिमराको आयोजनामा शैक्षिक सत्र २०८१ मा गरिएका अतिरिक्त क्रियाकलापहरुको समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो ।

अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, “शिक्षा भनेको केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन। अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र नेतृत्व क्षमता विकासमा मद्दत गर्छ।“नगर उपप्रमुख भोला प्रसाद अधिकारीले पनि कार्यक्रममा बोल्दै शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीहरूको प्रतिभा उजागर गर्न अतिरिक्त क्रियाकलापहरूको भूमिका अपरिहार्य रहेको बताए। उनले भने, “हामीले विद्यालयहरूमा यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ र सोहि अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले शैक्षिक क्यालेन्डर नै बनाएर अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको बताए ।

अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारीले जोड दिए। जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालय जस्तो नजरले संस्थागत बिद्यालय नदेख्ने गरेको उनले बताए ।सामुदायिक विद्यालयलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको जीतपुरसिमरा उपमहानगरले थोरै मात्रमा पनि संस्थागत विद्यालयलाई सहयोग गरेमा संस्थागत विद्यालय संचालकहरुको समेत मनोबल बढ्ने उनले बताए ।

कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले पनि आ–आफ्नो धारणा राख्दै यस्ता कार्यक्रमहरूले विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धा र सहकार्यको वातावरण सिर्जना गर्ने बताएको भएको थियो ।शैक्षिक सत्र २०८१ को मा गरिएका अतिरिक्त क्रियाकलापहरुको समीक्षा कार्यक्रममा एन प्याब्सन अन्तर्गत रहेका संस्थागत विद्यालयले वर्ष भरि गरेका कार्यक्रमकाको बारेमा जानकारी गराएको थियो ।जीतपुरसिमरा एन प्याब्सनले शैक्षिक सत्र २०८१ मा अतिरिक्त क्रियाकलाप अन्तर्गत १४ वटा बिभिन्न खेलको आयोजना गरेको थियो ।

त्यसतै आज सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा एकता अंग्रेजी माध्यमिक विद्यालयका अर्जुन पोखरेल र सम्मान अधिकारी प्रथम भएको थियो ।त्यस्तै पाथिभरा अंग्रेजी माध्यमिक विद्यालयका संदेश घिमिरे र आयुष कर्ण दृतिय भएको थियो भने अक्षरा पाठशालाकी मंजिता ढकाल र कुशल लामिछाने तृतीय भएको आयोजकले जनाएको छ । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई प्रशंसापत्र र स्मृति चिन्ह प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a