कसुरजन्य सम्पत्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । २६ फाल्गुन।बारा ः बारामा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाराको सहआयोजनामा कसुरजन्य सम्पत्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा कसुरजन्य सम्पत्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले गर्नुभयो। प्रमुख जिल्ला अधिकारी अधिकारीले कसुरजन्य सम्पत्तिको पहिचान, नियन्त्रण र व्यवस्थापनमा स्थानीय तह र सम्बन्धित निकायहरूको भूमिकाबारे चर्चा गर्नुभयो।

उहाँले कसुरजन्य सम्पत्तिको व्यवस्थापनमार्फत समाजमा कानूनको शासन स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यसैगरी, नेपाल सरकार गृह मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका उपसचिव कृष्ण प्रसाद शर्माले कसुरजन्य सम्पत्तिको पहिचान र नियन्त्रणका लागि बनेका कानून तथा त्यसको कार्यान्वयनका प्रक्रियाबारे जानकारी गराउनुभयो। उपसचिवले कानून कार्यान्वयनमा आउने चुनौतीहरू र समाधानका उपायहरूबारे पनि प्रकाश पार्नुभयो। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, कानूनी व्यवसायीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सहभागिहरूले कसुरजन्य सम्पत्तिको व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायहरूबारे सुझावहरू प्रस्तुत गरेका थिए।यस प्रकारका कार्यक्रमहरूले कानूनी ज्ञान अभिवृद्धि गर्नुका साथै सरोकारवाला निकायहरूबीच सहकार्यलाई सशक्त बनाउने विश्वास गरिएको छ।कसुरजन्य सम्पत्तिको प्रत्येक ३÷३ महिनामा लगत संकलन गर्न संबंधित कार्यालयलाई पत्र लेख्ने गरेकाले समयमै उपलब्ध गराउन सहायक प्रजिअ छबिरमण भट्टराई ले बताए । कार्यक्रममा बिभागका उप सचिव कृष्ण प्रसाद शर्मा,लेखा अधिकृत गणेश प्रसाद घिमिरे,ईन्जिनियर आलोक कुमार चौधरी,कम्प्युटर अपरेटर हर्कराज भट्ट त्यस्तै जिल्ला स्थित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय