होलिको दिन बाख्रीको मासुमा खसीको अण्डकोष सिलाएर बेच्ने तिन जना पसल संचालक पक्राउ

पछिल्लाे समाचार

०१ चैत्र ।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा खसीको मासु हो भनेर बाख्रीकी मासु बेच्ने तीन पसल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।होलिकै दिन बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा गएको बजार अनुगमन टोलिले बाख्राको मासुमा खसीको अण्डकोष लगाई बेच्ने तीन पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरबजारमा रहेको मुस्कान मासु पसलका सञ्चालक अहमुल्लाह देवान र प्रवेज मासु पसलका सञ्चालक रफिक देवान रहेका छन् । यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरा बजारमा रहेको शेष अयुब सिमरा मिट हाउसका सञ्चालक शेष ओहानलाई पक्राउ गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छवीरमण भट्टराईले जानकारी दिए ।  

अनुगमनको क्रममा जीतपुरको मुस्कान मासु पसल,प्रवेज मासु पसल र सिमराको शेख अयुब सिमरा मिट हाउसमा बाख्रीको मासुमा खसीको अण्डकोष लगाएर बेच्ने क्रममा नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।जीतपुरमा यो भन्दा पहिला पनि मुस्कान मिट हाउस र प्रबेज मीट हाउस बाट प्रहरीले बाख्रीको मासुमा खसीको अण्डकोष लगाएर बेचिरहेको बेला पक्राउ गरेको थियो ।आम जनताको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता पसलेहरु माथी स्थानियहरुले कडा कार्वाहीको माग गरेको छ ।

पटक पटक आम नागरिकको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता पसलेहरु पक्राउ परे पनि प्रहरीले उचित कार्वाही नगर्दा पसलेहरुले पुनः बाख्राकी मासु भनेर खसीको मासु बेच्ने मनोबल बढने गरेको एक जना स्थानियले बताएको छ ।पक्राउ परेका तिनै जना मासु पसल संचालकलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ ।

यता होलिकै दिन बजार अनुगमनमा निस्केका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई स्थानियहरुले धन्यवाद ज्ञापन गरेको छ ।चाडपर्वलाई मात्र लक्षित गरेर हुने बजार अनुगमनलाई नियमित रुपमा अनुगमन गर्न स्थानीयहरुले माग गरेको छ ।

Previous article
spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a