अखिलेश यादव । ०३ चैत्र।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बडा स्तरीय सिलिङ्ग अन्तर्गत कुल रु. २७ करोड विनियोजन गरेको छ। यो बजेट विभिन्न वैज्ञानिक सूचकहरूका आधारमा प्रत्येक वडामा बाँडफाँड गरिएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको चैत्र ०९ गते हुन लागेको हिउदे नगरसभामा वडाको सिलिङ बढाएर उपमहानगरले बजेट पेश गर्ने भएको छ ।असन्तुष्ट पक्षहरुलाई समेत उपमहानगरले बजेटको सिलिङ बढाउने भए पछि हिउदे नगरसभा गर्नेमा सहमति भएको बुझिएको छ।

वडा अनुसार समान वितरण
बडा स्तरीय कुल रु. २७ करोड बजेटको ५०% अर्थात् रु. १३ करोड ५० लाख २४ वटै वडामा समान रूपमा रु. ५६ लाख २५ हजारका दरले वितरण गरिएको छ। बाँकी ५०% बजेट विभिन्न सूचकहरूको आधारमा बाँडिएको छ।
जनसंख्या आधारित बजेट
उपमहानगरपालिकाको कुल जनसंख्या १,२७,३०७ रहेको छ। कुल बजेटको ३०% अर्थात् रु. ४ करोड ५ लाख राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्याका आधारमा बाँडफाँड गरिएको छ। यस आधारमा वडा नं. १ मा रु. २८.४१ लाख, वडा नं. २ मा रु. ३३.५५ लाख, वडा नं. १५ मा रु. १८.९४ लाख, वडा नं. १६ मा रु. १५.०८ लाख, वडा नं. २३ मा रु. ११.१९ लाख, र वडा नं. २४ मा रु. १४.३६ लाख विनियोजन गरिएको छ।

क्षेत्रफलका आधारमा बजेट वितरण
कुल क्षेत्रफल ३१२.२ वर्ग कि.मी. रहेको उपमहानगरपालिकामा २०% अर्थात् रु. २ करोड ७० लाख क्षेत्रफलका आधारमा वडामा बाँडिएको छ। वडा नं. १ को क्षेत्रफल ४२.७५ वर्ग कि.मी. भएकाले रु. ३६.९७ लाख, वडा नं. २ को क्षेत्रफल १५.४८ वर्ग कि.मी. भएकाले रु. १३.३८ लाख, वडा नं. १५ को क्षेत्रफल ११.२४ वर्ग कि.मी. भएकाले रु. ९.७२ लाख बजेट पाएका छन्।
पूर्वाधार विकास कार्यका आधारमा बजेट
आर्थिक वर्ष २०८०/८१ मा सम्झौता भएका पूर्वाधार विकास योजनाका आधारमा २०% अर्थात् रु. २ करोड ७० लाख बाँडफाँड गरिएको छ। उपभोक्ता समिति तथा ठेक्का प्रक्रियाबाट सम्पन्न कार्यअनुसार वडा नं. १ लाई रु. ११.१० लाख, वडा नं. २ लाई रु. ९.६४ लाख, वडा नं. १५ लाई रु. १०.७० लाख, वडा नं. १६ लाई रु. ११.२४ लाख, वडा नं. २३ लाई रु. १०.९५ लाख, र वडा नं. २४ लाई रु. ९.८९ लाख विनियोजन गरिएको छ।

राजस्व संकलनका आधारमा बजेट
विगत आर्थिक वर्षमा वडाले संकलन गरेको राजस्वका आधारमा ३०% अर्थात् रु. ४ करोड ५ लाख बजेट बाँडिएको छ। सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा नं. २ ले रु. २३.९८ लाख, वडा नं. १५ ले रु. १९.९२ लाख, वडा नं. १६ ले रु. १७.९७ लाख प्राप्त गरेका छन्।
कोटेसन प्रक्रियालाई निरुत्साहित गर्ने नीति
उपमहानगरपालिकाले कोटेसन प्रक्रियालाई निरुत्साहित गर्दै कोटेसन नगर्ने वडाहरूलाई प्रोत्साहित गर्ने नीति लिएको छ। यस अन्तर्गत कोटेसनमार्फत गरिएका योजनाहरूलाई कटौती गरी वडा नं. २, ३, १६, २१, र २२ मा अतिरिक्त रु. ८ लाख १० हजार थप गरिएको छ।
वैज्ञानिक प्रणालीअनुसार बजेट बाँडफाँड
विभिन्न सूचकहरूका आधारमा गरिएको बजेट बाँडफाँड अत्यन्त वैज्ञानिक देखिन्छ। यसले जनसंख्या, क्षेत्रफल, पूर्वाधार विकास कार्य, तथा राजस्व संकलनका आधारमा प्रत्येक वडाको समुचित विकास सुनिश्चित गर्ने विश्वास उपमहानगरपालिकाले लिएको छ।

वडाको सिलिङ बढाए पछि हेर्नुहोस कुन वडाको कति बजेट
वडा नम्बर १ – एक करोड ४८ लाख ६७ हजार चारसय ६६ रुपैयाँ
वडा नम्बर २ – एक करोड ५३ लाख दुई हजार ९ सय ५९ रुपैयाँ
वडा नम्बर ३ – एक करोड सात लाख १२ हजार ४७ रुपैयाँ
वडा नम्बर ४ – एक करोड पाँच लाख ६७ हजार ३१ रुपैयाँ
वडा नम्बर ५ – एक करोड पाँच लाख २१ ह्जार ९ सय ६२ रुपैयाँ
वडा नम्बर ६ – उनन्सतरी लाख ८१ ह्जार ६ सय ८९ रुपैयाँ
वडा नम्बर ७ – एक करोड २५ लाख ८६ हजार ६ सय ३० रुपैयाँ
वडा नम्बर ८ – एक करोड १४ लाख ९१ ह्जार ४ सय ५ रुपैयाँ
वडा नम्बर ९ – एक करोड एक लाख ६९ हजार ६ सय २३ रुपैयाँ
वडा नम्बर १० – एकानब्बे लाख २४ हजार आठसय ८७ रुपैयाँ
वडा नम्बर ११ – एक करोड ७ लाख २५ हजार आठसय १० रुपैयाँ
वडा नम्बर १२ – एक करोड ९ लाख ९ हजार ६ सय ३१ रुपैयाँ
वडा नम्बर १३ – चौरासी लाख १२ हजार ५ सय ५४ रुपैयाँ
वडा नम्बर १४ – एक करोड १३ लाख ४३ हजार ८ सय ६ रुपैयाँ
वडा नम्बर १५ – एक करोड १४ लाख ५० हजार ३ सय ८९ रुपैयाँ
वडा नम्बर १६ – एक करोड २९ लाख ५८ हजार ३ सय ८० रुपैयाँ
वडा नम्बर १७ – एक करोड १५ लाख २५ हजार १२ रुपैयाँ
वडा नम्बर १८ – एक करोड १७ लाख २ हजार ७ सय ३८ रुपैयाँ
वडा नम्बर १९ – एक करोड ३ लाख ४६ हजार २ सय ८६ रुपैयाँ
वडा नम्बर २० – एक करोड ५ लाख १८ हजार ३ सय ५४ रुपैयाँ
वडा नम्बर २१ – एक करोड ४३ लाख ६८ हजार ८१ रुपैयाँ
वडा नम्बर २२ – एक करोड ५६ लाख २५ हजार ४ सय ५६ रुपैयाँ
वडा नम्बर २३ – पन्चानब्बे लाख ६० हजार ५ सय ४२ रुपैयाँ
वडा नम्बर २४ – बयासी लाख २७ हजार २ सय ६२ रुपैयाँ