माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भयो :प्रचण्ड 

पछिल्लाे समाचार

अखिलेश यादव। ०७ चैत्र  कलैया: नेकपा माओवादी केन्द्रद्वारा स्थगित ‘जनता संग माओवादी तराई मधेश जागरण अभियान’ आजदेखि पुनः बारा बाट सुरु भएको छ। बाराको कलैयामा आयोजित सभामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन् ।

कलैयामा तराई–मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको जिकिर गरे ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको पनि बताए ।हिजो माओवादी केन्द्र अब अरुको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरूले बनाएका थिए,’ अध्यक्ष प्रचण्डले भने, ‘गएको उपचुनावमा हामी आफ्नै खुट्टामा उभिएर परिणाम आफ्नो पक्षमा पार्न सक्छौं भन्ने बनाएका थियौं ।’

त्यस्तै अध्यक्ष प्रचण्डले बाराको मटिअर्वा छोटी भन्सार पुनः सञ्चालनका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए। साथै, मानवत-मटिअर्वा सडक खण्ड निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने बताए।प्रचण्डले गौर हत्याकाण्डको १८ वर्ष पुगेको स्मरण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।

जनता संग माओवादी तराई मधेश जागरण अभियानलाई कलैयामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठले एमाले र कांग्रेस सरकारको कमजोर नीतिका कारण राजावादीहरू सक्रिय हुन थालेको आरोप लगाए। उनले माओवादीले बलिदान दिएर गणतन्त्र ल्याएको उल्लेख गर्दै, राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने दाबी गरे।यसैबीच, विभिन्न पार्टी परित्याग गर्दै सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। अध्यक्ष प्रचण्डले फूलमाला र अबिर लगाएर नवप्रवेशी कार्यकर्ताहरूलाई स्वागत गरे। झापाबाट सुरु भएको अभियान शुक्रबार पर्सामा सम्पन्न हुने छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय