वडाध्यक्ष सुनिल गुप्ताको पक्राउ प्रति नेकपा (एमाले)को आपत्ति, तुरुन्त रिहाइको माग

पछिल्लाे समाचार

०८ चैत्र।सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडाध्यक्ष सुनील गुप्तालाई तत्काल रिहा गर्न नेकपा एमालेले माग गरेको छ । नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीले प्रेस वक्तव्य निकालेर वडाध्यक्ष गुप्तालाई केही नेताहरुले पूर्वाग्रहको कारण झुठा मुद्दा लगाई पक्राउ गरिएको जनाएको छ ।

 जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७, जीतपुरमा २०८१ चैत १ गते फागु पूर्णिमा (होली पर्व) को दिन भएको घटनासँग कुनै सम्बन्ध नभएका वडाध्यक्ष  सुनिल गुप्तालाई अनावश्यक रूपमा पक्राउ गरिएको नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ। नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष गुप्ता उक्त घटना भएपछि जनप्रतिनिधिको हैसियतले झगडा साम्य पार्न पुगेका थिए। तर केही राजनीतिक दलका नेताहरूको पूर्वाग्रहका कारण उहाँलाई डाँका, ज्यान मार्ने उद्योग र अपराधिक उपद्रवजस्ता बेप्रसंग र सर्वथा झूटा मुद्दा लगाएर चार दिनदेखि अन्यायपूर्वक थुनामा राखिएको सचिव रत्न उप्रेती द्वारा हस्ताक्षरीत प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।

नेकपा (एमाले) यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै वडाध्यक्ष गुप्ताको तत्काल रिहाइको माग गरेको छ। साथै, सोही दिन जीतपुरमा भएको घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।गत चैत्र १ गते होलीको दिन राती जीतपुरसिमरा ७ का परशुराम गिरीको घरमा भएको घटनामा संलग्न भएको आरोपमा बारा प्रहरीले जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनील गुप्तालाई गत आइतबार पक्राउ गरि हिरासतमा राखेको छ ।  

a

spot_imgspot_img
spot_img

लोकप्रिय