परवानीपुरमा नेकपा एमालेद्वारा गणतन्त्र जनचेतना अभियान सम्पन्न

पछिल्लाे समाचार

११ चैत्र,बारा : नेकपा एमालेले देशभर सञ्चालन गरेको गणतन्त्र जनचेतना कार्यक्रम अभियान अन्तर्गत बाराको परवानीपुर गाउँपालिका वडा नं. ३, लिपनीमालमा पनि आज, चैत्र ११ गते विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता एमाले जिल्ला कमिटी सदस्य तथा परवानीपुर गापा वडा नं. ३ इन्चार्ज जगदीश रामले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा क्षेत्र नं. ४ (ख) का इन्चार्ज ई. मोबिन आलम रहेका थिए।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा प्रदेश सभा क्षेत्र नं. ४ (ख) का सचिव गजेन्द्र पटेल, जिल्ला कमिटी सदस्य रामबाबु साह रौनियार, वडा नं. ३ का वडा अध्यक्ष इब्राहीम मियाँ, उत्पीडित मुक्ति समाजकी जिल्ला सदस्य रामसती देवी, एमाले नेता अवद्ध साह सोनार, नथुनी साह, रामएकबल यादव, नरेश साह रौनियार, कानु, ताहिर हुसेन, मिरहसन मियाँ, कृष्ण साह सोनार लगायतका स्थानीय नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि ई. मोबिन आलमले गणतन्त्रको महत्वलाई स्मरण गराउँदै यसलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले गणतन्त्र स्थापनासँगै मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानले सुनिश्चित गरेका हक-अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न एमाले प्रतिवद्ध रहेको उल्लेख गरे।अन्य वक्ताहरूले गणतन्त्रको स्थायित्व, समावेशी विकास र जनतामुखी शासन प्रणालीलाई अझ सशक्त बनाउन एमालेले खेलेको भूमिकालाई उजागर गरेका थिए। यस जनचेतना अभियानले स्थानीय स्तरमा गणतन्त्रप्रति नागरिकहरूको बुझाइलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय