गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) को समीक्षा कार्यक्रम सिमरामा सम्पन्न

पछिल्लाे समाचार

११ चैत्र, बारा गरिबी निवारण तथा स्थानीय उद्यम प्रवर्द्धनका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सञ्चालित लघु उद्यम विकास कार्यक्रम (मेडपा) को समीक्षा कार्यक्रम सिमरामा सम्पन्न भएको छ।समीक्षा कार्यक्रममा बारा र पर्सा जिल्लाका स्थानीय तहका प्रमुखहरू को उपस्थिति रहेको थियो। कार्यक्रममा मेडपा अन्तर्गत बारा र पर्साका विभिन्न पालिकामा कार्यरत दुई जना लघु उद्यम विकास सहजकर्ता तथा लघु उद्यम शाखा ले गरेका गतिविधिहरूको समीक्षा गरिएको थियो।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारी जितेन्द्र बस्नेत का अनुसार मेडपा कार्यक्रमले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। उनले भने, “यस कार्यक्रमले लघु उद्यमीहरूलाई आवश्यक सीप, प्रविधि तथा आर्थिक पहुँचका अवसरहरू प्रदान गर्दै उनीहरूको व्यवसायिक विकासमा टेवा पुर्‍याएको छ। समीक्षा बैठकले कार्यक्रमका सफल अभ्यास तथा देखिएका चुनौतीहरूबारे छलफल गर्न मद्दत पुर्‍याएको छ।”कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूले मेडपा कार्यक्रमको प्रभावकारिता र योगदानको उच्च मूल्यांकन गरेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले मेडपा कार्यक्रमले गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी बनाउन आवश्यक पहल गरिने बताए। उनले भने, “हाम्रो क्षेत्रमा मेडपा कार्यक्रमको प्रभाव सकारात्मक छ। यसले साना व्यवसायहरूलाई प्रवर्द्धन गर्दै धेरै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ। हामी स्थानीय सरकारको तर्फबाट पनि यस्ता कार्यक्रमलाई थप सुदृढ बनाउने प्रयास गर्नेछौं।”समीक्षा कार्यक्रममा लघु उद्यम विकास सहजकर्ताहरूले स्थानीय समुदायलाई उद्यमशीलतामा अभिप्रेरित गर्दै व्यवसायिक सीप प्रदान गर्न गरिएको कामको अनुभव साझा गरेका थिए। उनीहरूका अनुसार स्रोत साधन तथा बजेट अभाव भए पनि कार्यक्रमले उद्यमशीलता विकासको सम्भावनालाई अघि बढाएको छ।समीक्षा कार्यक्रमले मेडपा कार्यक्रमको हालसम्मको प्रभावकारिता बुझ्न तथा आगामी दिनमा अझ प्रभावकारी रणनीति निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय