राजावादीहरुको उच्छृंखल गतिविधि र आक्रमणको खतरा: प्रचण्ड

पछिल्लाे समाचार

अखिलेश यादव ।१६ चैत्र। काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरु अझै आक्रमण, हत्या, आगजनी गर्न सक्रिय रहेको चेतावनी दिएका छन्। प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुले सोमबार काठमाडौंमा गरेका गतिविधिलाई आपत्तिजनक भन्दै प्रजातान्त्रिक मूल्य–मान्यतामाथि खतरा रहेको बताए।

उनले भने, “राजावादीहरुले हिंसा, तोडफोड र आगजनीको बाटो समात्न खोजिरहेका छन्। यो प्रवृत्ति लोकतन्त्र र गणतन्त्रको लागि खतरनाक छ।” पत्रकारहरुले गणतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता बचाउन सचेत रहनुपर्ने बताउँदै उनले प्रेस स्वतन्त्रता र जनताको अधिकारमाथि कुनै पनि आक्रमण सह्य नहुने स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले समेत राजावादी प्रवृत्तिले मुलुकलाई विगततर्फ फर्काउन खोजिरहेको भन्दै कडा आलोचना गरे। उनले भने, “गणतन्त्र एउटा लामो संघर्षबाट प्राप्त उपलब्धि हो, यसलाई धरापमा पार्ने कुनै पनि षड्यन्त्र सफल हुन दिँदैनौं।” त्यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकारिता क्षेत्र स्वतन्त्र नभए मुलुक अधिनायकवादतर्फ जाने चेतावनी दिए। उनले भने, “प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो। कुनै पनि शक्तिले यसलाई धरासायी बनाउन खोजे, हामी त्यसको डटेर प्रतिवाद गर्नेछौं।”

काठमाडौंमा सोमबार राजावादी समूहले प्रदर्शनका क्रममा केही स्थानमा तोडफोड, ढुंगा हानाहान र सरकारी सम्पत्तिमा क्षति पुर्याएको थियो। प्रचण्डले यस्तो गतिविधिले मुलुकलाई पुनः अराजकतातर्फ धकेल्न सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे।

a

spot_imgspot_img
spot_img

लोकप्रिय