काठमाडौं महानगरपालिकाद्वारा पूर्व राजा ज्ञानेन्द्र साहलाई एक लाख रुपैयाँ जरिवाना

पछिल्लाे समाचार

१५ चैत्र। काठमाडौं। – काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण तथा फोहरमैला व्यवस्थापन ऐनको उल्लंघन गर्नेहरूमाथि कारबाहीलाई तिव्र बनाएको छ। यसै क्रममा शुक्रवार काठमाडौँ महानगरपालिका वडा नं. ३२, तिनकुने क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रममा कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला फ्याँकिएको पाइएकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई रु.  एक लाख जरिवाना गरिएको छ।

नगर प्रहरी उपरीक्षक दिनेश कुमार अर्यालका अनुसार फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको हो। महानगरपालिकाले सार्वजनिक स्थानमा फोहरमैला फ्याँक्ने कार्यलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्दै आइरहेको जनाएको छ ।

यस कारबाहीसँगै महानगरपालिकाले नागरिकहरूलाई फोहरमैला व्यवस्थापनमा सचेत रहन आग्रह गर्दै तोकिएको स्थानमा मात्र फोहर व्यवस्थापन गर्न अनुरोध गरेको छ। अन्यथा कानूनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत दिएको छ।यो भन्दा पहिला पनि काठमाडौं महानगरपालिकाले काठमाडौंमा कार्यक्रम आयोजना गरेर फोहोर गर्ने विभिन्न राजनितीक दललाई जरिवाना गरेको थियो ।केही दिन पहिला काठमाडौं महानगरपालिकाले फोहोर गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय