दोश्रो डुमरवाना भेट्रान कप फुटबल प्रतियोगिता चैत्र २३ देखि सुरु हुने

पछिल्लाे समाचार

अखिलेश यादव । २० चैत्र।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित डुमरवाना खेलमैदानमा आगामी चैत्र २३ गतेदेखि दोस्रो डुमरवाना भेट्रान कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे विस्तृत जानकारी दिइएको थियो।

डुमरवाना भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको यस प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगिता चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ। विजेता टिमलाई १ लाख ५ हजार नगद तथा ट्रफी प्रदान गरिनेछ भने उपविजेता टिमले ५० हजार नगद र ट्रफी प्राप्त गर्नेछ।

आयोजक क्लबका अध्यक्ष मनोज चौधरीले प्रतियोगिता सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। उनका अनुसार प्रतियोगितामा लक्ष्मीनाथ भेट्रान सर्लाही, विकासशील भेट्रान सिमरा, त्रिशुल भेट्रान बकुलिया, बगही भेट्रान पर्सा, खैरवा भेट्रान, नागस्वोती भेट्रान हेटौंडा, सिमरा भेट्रान, नव जनजागृति भेट्रान क्लब, निजगढ भेट्रान, वीरगन्ज भेट्रान र आयोजक क्लबका दुई टिमको सहभागिता रहनेछ।

कार्यक्रममा वडाध्यक्ष रामप्रसाद लामिछानेले प्रतियोगिता खेलकुद विकासका लागि महत्वपूर्ण कदम रहेको बताए। उनले भने, “स्थानीयस्तरमै यस्ता प्रतियोगिता हुनु हाम्रा खेलाडीहरूलाई ठूलो अवसर हो। खेलकुदले समाजमा एकता र भाइचारा पनि बढाउँछ।” साथै, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले प्रतियोगिताका लागि १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

त्यस्तै, लोकतान्त्रिक खेलकुद संघ बाराका अध्यक्ष ओम (बाबु) पाण्डे, मौसम चियापत्तीका कन्ट्री म्यानेजर ईश्वर दवाडी, कपिल लामिछाने, डिलर प्रमुख शिशुपाल चौधरीलगायतको उपस्थिति रहेको पत्रकार सम्मेलन क्लबका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष चौधरीले वडाध्यक्ष र वडा कार्यालयप्रति आभार व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन सम्पूर्ण टिम, खेलाडी तथा स्थानीय समुदायलाई ऐक्यबद्धता जनाउन आग्रह गरे।

a

spot_imgspot_img
spot_img

लोकप्रिय