पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी,पत्रकारको जीवन बिमा गर्ने गृहमन्त्री लेखिको प्रतिबद्धता

पछिल्लाे समाचार

अखिलेश यादव ,चैत्र २१ कलैया – मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी बुधवार सम्पन्न भएको छ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलास दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्णले बाराका पत्रकारहरूलाई आचारसंहिता पालना सम्बन्धी प्रशिक्षण दिएका थिए। उनले पत्रकारितामा निष्पक्षता, सत्यता, विश्वसनीयता, गोपनीयता तथा सामाजिक उत्तरदायित्व जस्ता महत्वपूर्ण विषयहरूमा जोड दिँदै जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याए।गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बजेट सीमितताको कारण मिडिया क्षेत्रलाई अपेक्षित सहयोग गर्न नसकेको स्वीकार्दै, आगामी दिनमा पत्रकारहरूको जीवन बिमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले पत्रकार सुरक्षाका लागि आवश्यक कानुनी सुधार गर्ने तयारी भइरहेको जानकारी गराए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिताको स्तर सुधार गर्न आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताए। उनले मिडियामा गलत सूचना तथा अपुष्ट समाचार प्रकाशित नहोस् भन्नका लागि सबै पत्रकार सचेत हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले पत्रकारहरूको पेशागत सुरक्षाका लागि सरकारले विशेष नीति ल्याउनुपर्ने धारणा राखे। उनले निष्पक्ष पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड भएकाले पत्रकारहरूले स्वच्छ, पारदर्शी र उत्तरदायी पत्रकारिता गर्नुपर्ने बताए। कार्यक्रममा सहभागी पत्रकारहरूले आचारसंहिता पालना गर्न सबै सञ्चारमाध्यम तथा पत्रकारहरू सजग हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षाका विषयमा सरकारको ठोस कदम आवश्यक रहेको धारणा राखेका थिए।

a

spot_imgspot_img
spot_img

लोकप्रिय