बैशाख २ गते देखि बसपार्क सञ्चालनमा आउँदै कलैयामा सुधारको संकेत

पछिल्लाे समाचार

३१ चैत्र,कलैया : बाराको कलैया उपमहानगरपालिका १ मा निर्माण गरिएको बसपार्क बैशाख २ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। आइतबार बारा उद्योग वाणिज्य संघको सभाहलमा प्रमुख जिल्ला अधिकारीको संयोजकमा आयोजित सर्वपक्षीय अन्तरक्रियाबाट बसपार्क सञ्चालन गर्ने निर्णयमा सबै पक्ष एकमत भएका छन्। उक्त अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामांग, बारा उद्योग वाणिज्य संघका पदाधिकारीहरू, बस व्यवसायी, टेम्पो, ई–रिक्सा, म्याजिक व्यवसायी लगायत सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बसपार्क सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नै अग्रसरता देखाएपछि प्रक्रिया अघि बढेको हो। अन्तरक्रिया कार्यक्रममा सहभागी सबै पक्षले बसपार्क सञ्चालनमा सहमति जनाएका छन्।प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार बैशाख २ गतेदेखि बसपार्क सञ्चालनमा आउनेछ भने प्रारम्भिक व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य संघ बाराका उपाध्यक्ष प्रदीप साह ‘गोल्डेन’, बस व्यवसायी संघका अध्यक्ष अच्युत पौडेल र बस व्यवसायी आमोद साहलाई दिइएको छ।

उनीहरूले ट्राफिक प्रहरीसँग सहकार्य गरी बसपार्कको सञ्चालन व्यवस्थापन गर्ने सहमति भएको छ।कलैयाको मुख्य क्षेत्र भरतचोकमा देखिएको ट्राफिक जामको दीर्घकालीन समाधानका लागि बसपार्क सञ्चालन अत्यावश्यक भएको महसुस गर्दै प्रमुख जिल्ला अधिकारी स्वयं सक्रिय भएका हुन्। बसपार्क सञ्चालनमा आएपछि भरतचोक क्षेत्र व्यवस्थित र सुन्दर हुने विश्वास प्रमुख जिल्ला अधिकारी अधिकारीले व्यक्त गरेका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय