लामिडाँडामा वीउ प्रशोधन उद्योग सञ्चालनमा, किसानलाई सहजता र आत्मनिर्भरतातर्फको नयाँ यात्रा सुरु

पछिल्लाे समाचार

बारा, चैत ३१ – जीतपुरसिमरा उपमहानगरपालिका–१८ स्थित बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड, मनहर्वा बाराले लामिडाँडामा स्थापना गरेको वीउ प्रशोधन उद्योग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्योगको उद्घाटन कृषि ज्ञान केन्द्र बारा प्रमुख राजनारायण साह र संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले संयुक्त रूपमा पूजा–आजासहित रिबन काटेर र स्विच अन गरी गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा कृषि सेवा केन्द्र उपसमिति संयोजक विनिता गौतम, वीउ प्रशोधन उद्योग सञ्चालन उपसमिति संयोजक चम्पा देवी, सञ्चालक समिति सदस्यहरू शीला चौधरी, संस्थाकी पूर्व उपाध्यक्ष तथा उद्योग समिति सदस्य फूलकुमारी बस्नेत, शर्मिष्ठा देवी दाहाल, कृषि प्राविधिक तथा कृषि सेवा केन्द्र प्रमुख जलेन्द्र चौधरी, स्थानिय पूरोहित चिरञ्जीवी अधिकारी, स्थानिय युवा रमेश कोईराला र कर्मचारीहरू सुनिल पराजुली, विनोद महरा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। भारतीय कम्पनी एग्रोसवबाट खरिद गरिएको उद्योग उपकरणको प्रारम्भिक सञ्चालन सोही कम्पनीका प्राविधिक पवन कुमारले गर्नु भएको थियो।

उद्योग उद्घाटनका क्रममा कृषि ज्ञान केन्द्र बारा प्रमुख राजनारायण साहले भन्नुभयो, “स्थानीय उत्पादनको प्रशोधन यहीँ हुने भएपछि किसानको लागत घट्नेछ र बजारसम्मको पहुँच सजिलो हुने छ। यो उद्योग बाराका लागि महत्वपूर्ण उपलब्धि हो।”संस्थाका प्रमुख प्रबन्धक पुष्पराज खतिवडाले भने, “हामीले किसानको पाखुरामा शक्ति दिने उद्देश्यका साथ यो उद्योग स्थापना गरेका हौं। यसले बीउको गुणस्तर सुधार, समयमै उपलब्धता र स्थानमै प्रशोधनको सुविधा दिनेछ।”यस वीउ प्रशोधन उद्योगमार्फत स्थानीय किसानहरूले अब आफ्नो उत्पादन गुणस्तरीय रूपमा प्रशोधन गरी सुलभ मूल्यमा बिक्री गर्न सक्नेछन्। यसले कृषि क्षेत्रमा रोजगारीको अवसर बढाउनुका साथै स्थानीय स्तरमा बीउको आत्मनिर्भरता सुनिश्चित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय