नेकपा एमाले जितपुर सिमरा नगर कमिटीको निर्वाचनमा त्रिलोक विक्रम शाह नेतृत्वको टिम विजयी

पछिल्लाे समाचार

अखिलेश यादव ।०३ बैशाख।सिमरा: जितपुर सिमरा, बाराः नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका नगर कमिटीको नेतृत्व चयन सर्वसम्मतिका माध्यमबाट हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो। एउटै पार्टीभित्र दुई गुटबीच तीव्र प्रतिस्पर्धा देखिएको निर्वाचनमा अन्ततः पूर्वमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य पुरुशोत्तम पौडेल पक्षधर उम्मेदवारहरूको टिमले बहुमतसहित विजय हासिल गरेको छ।

अध्यक्ष पदमा त्रिलोक विक्रम शाह २०७ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी ताराबहादुर बस्नेत ‘हिरा’ले १०६ मत प्राप्त गरे। शाह १०१ मतको स्पष्ट अग्रतासहित विजयी बने।.उपाध्यक्षमा कैमुदिन अन्सारीले १८६ मत प्राप्त गर्दै विजय हात पारे। उनले प्रतिस्पर्धी सुनिल गुप्तालाई ६५ मतको अन्तरले पराजित गरे। गुप्ताले १२१ मत पाए।

सचिव पदमा रविन्द्र भण्डारी १६८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी रमेश कुमार पौडेलले १३८ मत प्राप्त गरे। भण्डारीले ३० मतको अग्रता कायम गरे।सह-सचिव पदमा विष्णुप्रसाद सापकोटाले १९५ मत प्राप्त गर्दै इम्तियाज अन्सारीलाई पराजित गरे। अन्सारीले १०१ मत पाए। सापकोटा ९४ मतले विजयी भए।महिला सह-सचिवमा आलोपिया चौधरी १८१ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी समिता शर्माले १२४ मत प्राप्त गरे।

विजयी टिमको नेतृत्वकर्ता त्रिलोक विक्रम शाह पुरुशोत्तम पौडेल समूहका प्रतिनिधि हुन्। उनको टिमको विजयलाई पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धामा पौडेल पक्षको बलियो पकडको संकेतका रूपमा हेरिएको छ। निर्वाचनपश्चात शाहले पार्टीभित्र एकता, अनुशासन र संगठन सुदृढीकरणमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे।

सर्वसम्मत नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि भएको यस निर्वाचनले एमाले जितपुर सिमरा नगर कमिटीमा नेतृत्व परिवर्तन मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलनमा पनि नयाँ सन्देश दिएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय