शंकरराज गुरुको पहलमा बाराको बेहरा गाउँ भक्तिमय: ४ वर्षे बालबालिकादेखि हनुमान चालीसा वाचन गर्दै 

पछिल्लाे समाचार

अखिलेश यादव । ०३ बैशाख : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ अन्तर्गत पर्ने बेहरा गाउँ पछिल्लो समय एक विशिष्ट धार्मिक केन्द्रको रुपमा विकास हुँदै गएको छ। गाउँको यो परिवर्तन पछाडि गुजरात निवासी उद्योगपति तथा धर्मप्रेमी शंकरराज गुरुको अगुवाइ रहेको छ, जसको पहलमा अहिले गाउँ भक्तिमय बनिसकेको छ।

शंकरराज गुरुले हिन्दू धर्मको संरक्षण र विस्तारका लागि व्यक्तिगत लगानीमा हनुमान मन्दिरको निर्माण गरी गाउँमा धार्मिक चेतनाको बिउ रोपेका छन्। उद्योग सञ्चालनसँगै धार्मिक सेवामा समेत उत्तिकै सक्रिय रहेका गुरुले मन्दिर स्थापना गर्दै जीतपुरसिमराका विभिन्न गाउँमा धार्मिक गतिविधिहरूको सुरुवात गरेका हुन्। गुरुका अनुसार, “आजको पुस्तालाई धर्म र संस्कारप्रति आकर्षित गर्नु अत्यावश्यक छ। म यसलाई व्यक्तिगत दायित्व र धर्म सेवा ठानेर अघि बढेको छु।” उनका अनुसार उनले हालसम्म जीतपुरसिमराका दर्जनौं टोल र गाउँमा पूजापाठ, भजनकीर्तन, धार्मिक प्रवचनजस्ता कार्यक्रमहरू सञ्चालन गरेका छन्।

सबैभन्दा प्रेरणादायी पक्ष भनेको, उनले बेहरा गाउँका ४ वर्षे बालबालिकाहरूलाई १५ दिनको अवधिमा हनुमान चालीसा पाठ गर्न सक्षम बनाएका छन्। बिहान र साँझ बालबालिकाहरू मन्दिर परिसरमा भेला भई एकै स्वरमा हनुमान चालीसा वाचन गर्ने गर्छन्। यस्तो अनुशासन र आस्था स्थानीयहरूका लागि नयाँ प्रेरणा बनेको छ।.गाउँका अभिभावकहरू बालबालिकाको धार्मिक झुकावप्रति गर्व व्यक्त गर्दै भन्छन्, “पहिले टिभी र मोबाइलमै सीमित रहेका बच्चाहरू अहिले मन्दिर धाउने भएका छन्। यसमा शंकरराज गुरुको भूमिका उल्लेखनीय छ।”

oplus_2

मन्दिरमा अहिले दैनिक रूपमा हनुमान चालीसाको पाठ हुने गरेको छ भने, प्रत्येक दिन प्रसाद वितरण कार्यक्रम पनि सञ्चालन भइरहेको छ। मन्दिर परिसरमा विहानदेखि नै श्रद्धालुहरूको भीड लाग्ने गरेको छ। स्थानीय महिला समूहदेखि वृद्धवृद्धासम्म सबै उमेरका मानिसहरू सहभागी हुने गरेका छन्। स्थानीय बासिन्दा नागेन्द्र महतोले, “गाउँमा यस्तो धार्मिक माहोल सायद पहिले कहिल्यै देखिएको थिएन। बालबालिकाको यो झुकाव र बानी हाम्रो संस्कारको पुनर्जागरण जस्तै हो।” अर्की बासिन्दा सीता देवीका अनुसार, “गुरुजीले धर्म र संस्कारलाई व्यवहारमै उतार्ने काम गर्नुभएको छ। उहाँप्रति हाम्रो श्रद्धा गहिरिएको छ।”

शंकरराज गुरुले भने, “मात्र मन्दिर निर्माणले पुग्दैन, धर्मको मर्म बुझाउने र व्यवहारमा उतार्ने प्रयास आवश्यक छ। म यही सोचका साथ गाउँ–गाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दैछु।” उनले निकट भविष्यमा जीतपुरसिमराका अन्य वडाहरूमा पनि यस्तै धार्मिक जागरण अभियान विस्तार गर्ने योजना रहेको बताएका छन्। धर्म, संस्कार र सामाजिक सद्भावलाई जोड्ने अभियानमार्फत उनले सम्पूर्ण क्षेत्रलाई नै धार्मिक चेतनाको उज्यालोमा लैजाने लक्ष्य लिएका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय