बाराको कलैया–मानवत–मटिअर्वा सडक वर्षौं देखि जस्ताको तस्तै, स्थानीय बासिन्दा आक्रोशित

पछिल्लाे समाचार

अखिलेश यादव । १६ बैशाख,कलैया ः बाराको सदरमुकाम कलैयालाई मानवत हुँदै मटिअर्वासँग जोड्ने मुख्य सडक खण्ड सामान्य वर्षामा पनि हिलो र जलमग्न हुने समस्याले ग्रस्त बनेको छ। करीब ३ किलोमिटर दुरीको यो सडक निर्माण नहुँदा स्थानीय बासिन्दाले दैनिक दुःख र सास्ती खेप्न बाध्य भएका छन् । आईतबार परेको अविरल वर्षाले उक्त सडक खण्ड झनै भयावह बनेको छ । हिलो र पानीले भरिएको सडक पार गर्न पैदल यात्रीसमेत निकै कठिनाइ भोग्न बाध्य भएका छन्। स्थानीय शिवम सिंहका अनुसार, “यो सडक वर्षौं देखिको समस्याको जड हो। साना साना बालबालिकाबाट लिएर बृद्धबृद्धा सबैलाई आवतजावत गर्न समस्या भएको छ ।

पानी पर्दा खाल्डोमा जमेको पानीले दुर्घटनाको खतरा त बढेको छ नै, स–साना बालबालिकाहरु डुब्ने खतरा समेत उच्च रहेको छ।”विगतमा पटक–पटक स्थानीय बासिन्दाले सडक सुधारको माग गर्दै धर्ना र सडक अवरोध समेत गरेका थिए। तर अहिलेसम्म पनि सो सडकको अवस्था सुधार हुन सकेको छैन । सडकको दयनीय अवस्थाका कारण हरेक दिन सवारी साधन दुर्घटना हुने क्रम बढेको छ । बाइक, स्कुटर र साना गाडीहरू हिलामा फसेर बिग्रिने वा पल्टिने घटनाहरु दैनिकजसो हुने गरेको स्थानीयहरुको गुनासो छ ।यस सडकको अवस्थालाई लिएर संघीय सरकार र प्रदेश सरकारका प्रतिनिधिहरुले विभिन्न पटक अनुगमन गरेका थिए ।

तर अनुगमनपछि दिएको आश्वासन अहिलेसम्म कार्यान्वयनमा आएको छैन । सडक निर्माणका लागि बजेट विनियोजनको कुरा भए पनि, काम अघि बढ्न सकेको छैन । कलैया उपमहानगरपालिका क्षेत्रकै महत्वपूर्ण सडकमध्ये एक मानिने मानवत–मटिअर्वा सडक यति समयसम्म उपेक्षित हुनु अत्यन्तै दुखद विषय हो। विकासका ठूल्ठूला कुरा गरिन्छ, तर हाम्रो प्राथमिक आवश्यकताको बेवास्ता भइरहेको छ।”वर्षाका समयमा सडक पूरै जलमग्न भई सवारी आवागमन बन्द हुन थालेपछि स्थानीय बासिन्दाले चाँडै सडक निर्माण कार्य थाल्न सरकारसँग माग गरेका छन्। बालबालिकाको सुरक्षालाई ध्यान दिँदै अस्थायी रूपमा भए पनि खाल्डा पुर्ने र सडक सुधार गर्ने व्यवस्था तत्काल गर्नुपर्नेमा स्थानीयहरुको जोडदार माग छ। यदि सम्बन्धित निकायले चाँडै सडक निर्माणतर्फ पहल नगरे गम्भीर दुर्घटना हुन सक्ने र आन्दोलन अझ चर्किने चेतावनी स्थानीयहरुले दिएका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय