बाराको अमलेखगञ्जमा तीन सवारी ठोक्किँदा १९ यात्रु घाइते

पछिल्लाे समाचार

१५ बैशाख । सिमरा : बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ३ नं. पुल नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना पोखराबाट रौतहतर्फ जाँदै गरेको ग १ ख ११५४ नम्बरको यात्रुबाहक बसलाई काकडभिट्टाबाट पोखरा जाँदै गरेको ग २ ख १६५५ नम्बरको अर्को यात्रुबाहक बसले पछाडिबाट ठक्कर दिँदा भएको हो। ठक्करपछि अनियन्त्रित बनेको बस पथलैया–हेटौँडा सडकखण्डमा सडक छेउमा बिग्रिएर रोकिएको कोइलाले भरिएको ट्रकमा ठोक्किएको थियो। त्यसपछि बस सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा ग २ ख १६५५ नम्बरको बसका चालक रवि कुमार ताम्राकार र सहचालक वासुदेव अधिकारीसहित यात्रुहरू अनिल बस्नेत, राजेन्द्र सुनुवार, खर्क सिंह तुम्वापो, विलास दास, रविन्द्र माझी, भरत ईश्वर, बुदमाया यावो, पुष्पा वली, मनिषा राई, निशा लिम्बु, अनुराग खड्का, रेशम थापा, सागर क्षेत्री, दलबहादुर राई, तेजबहादुर राई, संजिव राई र टेकबहादुर राई घाइते भएका हुन्।
घाइतेहरूमध्ये राजेन्द्र सुनुवार, मनिषा राई, अनुराग खड्का, रेशम थापा र तेजबहादुर राईको अवस्था अन्यको तुलनामा गम्भीर रहेको जनाइएको छ। उनीहरूको टाउको, अनुहार र हातखुट्टामा गम्भीर चोट लागेको छ।

सबै घाइतेलाई उद्धार गरी हेटौँडा सामुदायिक अस्पताल र स्थानीय अकलबहादुर कार्की अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। प्रहरीले दुर्घटनामा संलग्न बस चालक तिलक बहादुर थापा मगरलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनास्थलमा रहेका सवारी साधन हटाउने काम भइरहेको छ। अहिले घटनास्थलमा एकतर्फी बाटो सुचारु गरिएको जनाइएको छ। प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय