जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव जेठ १ देखि हुने

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

अखिलेश यादव।२२ बैशाख।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आगामी जेठ १ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ। शान्तिटोल खेलमैदानमा हुने महोत्सवको तयारी अहिले तीव्र गतिमा भइरहेको छ। महोत्सवको आयोजना गर्न लागिएको जानकारी सोमबार पत्रकार सम्मेलनमार्फत द लिड इन्टरटेन्मेन्ट एडभरटाईसिङ संस्थाले दिएको हो।

संस्थाका अध्यक्ष बिमल खड्कीले महोत्सवको अनुमानित लागत करिब २५ लाख रुपैयाँ रहेको जनाउँदै व्यापार, पर्यटन, संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको बताए। “यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम नभई, जीतपुरसिमराको आर्थिक र सांस्कृतिक पहिचानलाई स्थापित गर्ने अभियान हो,” खड्कीले भने। महोत्सवको सह-आयोजक वडा नं. ७ कार्यालय रहेको छ। पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष सुनिल कुमार गुप्ताले जीतपुरको व्यापारी इतिहासलाई नयाँ स्तरमा पुर्याउन महोत्सवले सशक्त भूमिका खेल्ने बताए। “स्थानीय व्यवसायीहरूलाई स्टलमा प्राथमिकता दिइनेछ, जसबाट उनीहरूको व्यवसायलाई थप विस्तार गर्न सघाउ पुग्नेछ,” वडाध्यक्ष गुप्ताले स्पष्ट पारे।

आयोजकका अनुसार महोत्सवमा देशभरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, स्थानीय र राष्ट्रिय उत्पादनको प्रदर्शनी, लघु उद्यमको प्रवर्द्धन, खाद्य तथा मनोरञ्जन स्टलहरू, बालबालिकाका लागि खेलकुद, स्वास्थ्य शिविर, कृषि प्राविधिक परामर्श, लगायतका विविध कार्यक्रमहरू समावेश गरिने छन्। महोत्सवले स्थानीय उत्पादन र सेवा प्रदायकहरूलाई बजार विस्तारको अवसर दिने विश्वास व्यक्त गरे। महोत्सवले केवल आर्थिक गतिविधि बढाउने होइन, सांस्कृतिक चेतना र स्थानीय पहिचानलाई पनि उजागर गर्ने अपेक्षा आयोजकले लिएका छन्। जीतपुरसिमरालाई व्यापारिक हब बनाउने दिशामा महोत्सव एक सशक्त कदम बन्नेमा आयोजक टोली ढुक्क छ।

spot_imgspot_img
spot_img

लोकप्रिय