भिमेश्वर सामुदायिक वनको १७औं साधारण सभा सम्पन्न, अधिवेशनमा विवाद

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

अखिलेश यादव। २२ बैशाख । सिमरा : भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह पथलैयाको छैठौं अधिवेशनसहितको १७औं वार्षिक साधारण सभा सोमबार वन समूहको कार्यालय पथलैयामा सम्पन्न भएको छ। समूहका अध्यक्ष पेशल मुल्मीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा जनहित उपभोक्ता समिति, सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले वन तथा वन्यजन्तु संरक्षणप्रति समाजको चासो घट्दो अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरे। “हामी अन्य कुरामा बढी केन्द्रित भइरहेका छौं, तर संरक्षण हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ,” उनले भने, “वार्षिक योजना अनुसार आम्दानीको ६० प्रतिशत रकम संरक्षणमा खर्च हुने उल्लेख छ, त्यसैअनुसार काम हुनुपर्छ।” उनले संरक्षणमा भाषणभन्दा बढी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सत्य श्रेष्ठले सामुदायिक वनले संरक्षण, विकास र सामाजिक सेवामा महत्वपूर्ण योगदान दिँदै आएको बताए। प्रमुख अतिथि रामचन्द्र खतिवडाले सामुदायिक वन समूहहरूसँग सहकार्य गर्दै पर्सा राष्ट्रिय निकुञ्जले संरक्षण कार्यलाई प्रभावकारी बनाइरहेको उल्लेख गरे। कार्यक्रममा जनजागरण मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष इश्वरी प्रताप लामाले सामुदायिक वनहरूको दायित्व झनै बढेको उल्लेख गर्दै भने, “अबको आवश्यकता भनेको पारदर्शिता, जवाफदेहिता र सहकार्यको माध्यमबाट सामूहिक नेतृत्व विकास गर्नु हो।” उनले नयाँ नेतृत्वले सबै पक्षलाई समेटेर वनको संरक्षण र आम्दानी दुवै क्षेत्रमा सन्तुलन कायम गर्नुपर्ने सुझाव दिए।

अधिवेशन भने विवादरहित रहन सकेन। दुई कार्यकालसम्म सफलतापूर्वक समूहको नेतृत्व गरेका निवर्तमान अध्यक्ष पेशल मुल्मीले यसपटक आफैंले अध्यक्ष पदमा दाबी नगरेको स्पष्ट पारे। तर, उनले सबै पक्षलाई समेटेर सहमतिमा कार्यसमिति निर्माण गर्नुपर्ने ठाउँमा एउटै समूहको ब्रजस्व हुनेगरी कार्यसमिति गठन गरिएको आरोप लगाए। यसैप्रति असन्तुष्टि जनाउँदै अर्को समूहले अधिवेशन नै बहिष्कार गरेर कार्यक्रमस्थल छाडेको मुल्मीले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय