डीएसपीले स्टेजमै पुगेर माइक खोसेपछि महोत्सवमा हंगामा, दर्शक आक्रोशित बन्दै गरे तोडफोड

पछिल्लाे समाचार

०३ जेठ ।सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरमा जेठ १ गतेदेखि सुरु भएको व्यापार तथा सांस्कृतिक महोत्सव शनिबार राति अप्रत्याशित रूपमा अवरुद्ध भएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका चर्चित भोजपुरी गायक सुनिल पण्डितको हातबाट स्वयं इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभद्रा वाइबाले स्टेजमै पुगेर माइक खोसेपछि माहोल तनावग्रस्त बनेको हो।

कार्यक्रम सञ्चालन भइरहेकै बेला राति ९ बजेर ५ मिनेटमा स्टेजमा पुगेकी डीएसपी वाइबाले कुनै चेतावनी नदिई कलाकारको हातबाट माइक खोसेको र त्यहाँ प्रयोगमा रहेका डिजे उपकरणका तार समेत काटिएको आयोजकहरूले जनाएका छन्। प्रहरीकै यस्तो हस्तक्षेपले दर्शकहरू आक्रोशित बनेर कार्यक्रमस्थलमा तोडफोड सुरु गरेका थिए। प्रेस संयोजक एसएस पटेलका अनुसार, टिकट काटेर महोत्सवमा प्रवेश गरेका दर्शकहरू सांस्कृतिक कार्यक्रम एक घण्टा नपुग्दै रोकिनुमा असन्तुष्ट हुँदै हूडिङ बोर्ड र स्टेज वरिपरि तोडफोडमा उत्रिए।

“सांस्कृतिक कार्यक्रम चलिरहेका बेला डीएसपी स्वयंकै नेतृत्वमा यति दादागिरी देखिनु दु:खद छ,” पटेलले भने। स्थानीयवासी र व्यवसायीहरूले प्रश्न उठाएका छन्— अन्य स्थानहरूमा राति ११ बजेसम्म कार्यक्रम शान्तिपूर्वक सञ्चालन भइरहेको बेला जीतपुरमा मात्रै प्रहरी हस्तक्षेप गर्नु किन? भनेर स्थानियहरुले प्रश्न गरेको छ ।

महोत्सव स्थानीय व्यापार प्रवर्द्धन र सांस्कृतिक पहिचान जोगाउन आयोजना गरिएको भए पनि प्रहरीको बलपूर्वक हस्तक्षेपले कार्यक्रममै अवरोध सिर्जना गर्नु गलत भएको स्थानीयहरूको ठहर छ। प्रहरीले सुरक्षा दिनुको सट्टा सांस्कृतिक कार्यक्रम बिगार्ने कार्य गर्नुप्रति स्थानीय, दर्शक तथा आयोजकहरूले गम्भीर आपत्ति जनाएका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय