अम्पायरको विवादास्पद निर्णयले रौतहटको सपना चकनाचुर, बारा फाइनलमा सप्तरीसँग भिड्ने

पछिल्लाे समाचार

१३ जेठ, कलैया । मधेश प्रदेश क्रीकेट लिगको सेमिफाइनलमा अम्पायरको विवादास्पद निर्णयले रौतहटको फाइनल यात्रा अधुरो बनेको छ। कलैयास्थित सिद्धेश्वर खेलमैदानमा बारा र रौतहटबीचको रोमाञ्चक भिडन्त विवादमा परिणत भएको हो। दोश्रो इनिङको १३.१ ओभरमा रौतहटका कप्तान राजेश यादवको बलमा बाराका सेराज हवारी रन लिँदै गर्दा स्ट्राइकर निखिल सिंहले उनलाई फर्काएका थिए। सेराज क्रीजभन्दा बाहिर रहँदा राजेशले बल समातेर स्टम्प हानेका थिए। तर, यति स्पष्ट रन आउटका बाबजुद अम्पायरले ‘नट आउट’को निर्णय दिएका थिए।

खेल केही समय रोकियो। रिप्लेमा सेराज स्पष्ट रुपमा आउट देखिए तापनि अम्पायर अडिग रहे। त्यसपछि सेराजले आक्रामक ब्याटिङ गर्दै बारालाई जिततर्फ डोरे, जसले बारा फाइनल प्रवेश गर्न सफल भयो।।रौतहट टिमका खेलाडी मात्र होइन, समर्थक र प्रेक्षकसमेत अम्पायरको निर्णयप्रति आक्रोशित देखिए। मैदानमै खेलाडीले असन्तुष्टि पोखेका थिए भने, दर्शक दीर्घाबाट चर्को नाराबाजी पनि भएको थियो।

मधेश प्रदेश क्रीकेट संघको आयोजनामा भइरहेको यो लिग अम्पायरिङकै कारण विवादास्पद बन्दै गएको छ। यस्तो निर्णयले प्रतियोगिताको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्नचिह्न खडा गरेको छ। रौतहटवासी तथा क्रिकेटप्रेमीहरू अम्पायरको गलत निर्णयले आफूहरू ठगिएको महसुस गरिरहेका छन्। अब क्यान (क्रिकेट एसोसिएसन नेपाल) र मधेश प्रदेश क्रीकेट संघले यस्ता विषयमा गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ।।यसैबीच, लिगको फाइनल भिडन्त अब बारा र सप्तरीबीच हुने भएको छ। बारा विवादास्पद जितसँगै फाइनल प्रवेश गरे पनि, समर्थकहरूको नजरमा प्रतियोगिताको निष्पक्षता अझै प्रश्नवाचक छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय