अखिलेश यादव ।१३ जेठ,कलैया ः प्रेस सेन्टर बाराले महान सहिद वरिष्ठ पत्रकार एवं साहित्यकार कृष्ण सेन ईच्छुकको २३ औ स्मृति दिवस मनाएको छ ।मंगलबार कलैयाको भारत चौकमा दीप प्रज्वलन गरि सेन्टरले ईच्छुकले पत्रकारिता र साहित्यमा पुर्याएको योगदानलाई स्मरण गरेको हो ।प्रेस सेन्टर जिल्ला समन्वय समिति बाराका अध्यक्ष रंजन यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहताको प्रमुख आतिथ्यता रहेको थियो ।बरिष्ठ पत्रकार एवं साहित्यकार कृष्ण सेन ईच्छुकको २३ औ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य रामबाबु मेहताले वि.सं. २०५९ जेठ ६ गते सेनलाई प्रहरीले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबको हिरासतमा राखेको स्मरण गराउनुभयो ।

जेठ १३ गते हिरासतमै अमानवीय यातना दिई उनको हत्या गरिएको थियो भने हाल सम्म उनको शव फेला नपरेको मेहताले बताए । स्वर्गीय सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत महत्वपूर्ण योगदान दिएको प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सचिव रमेश साहले चर्चा गर्नुभयो । साहले उहाँले देखाएका आर्दशलाई अनुशरण गर्नसके मात्र सेनको सच्चा स्मरण हुने बताउनु भयो । कार्यक्रममा प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रंजन यादवले स्वर्गीय कृष्ण सेन इच्छुकलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या गरेको प्रसंग कोट्याउँर्दै उहाँले नेपाली समाजलाई दिनुभएको योगदान अनुकरणीय र अकाट्य रहेको बताउनु भयो ।

उक्त दिप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपाल बाराकी उपाध्यक्ष प्रियंका सराफ ,सचिव अखिलेश यादव ,कोषाध्यक्ष शर्मालाल बैठा लगाएत सदस्यहरुको उपस्थिति रहेको थियो ।वक्ताहरूले ईच्छुकको सरल जीवन र पत्रकारिता एवं साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।