पाँचौ जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियनशिप ट्रफी जेठ १७ देखि, नगरप्रमुख पौडेलद्वारा उद्घाटन हुने

पछिल्लाे समाचार

१४ जेठ ।बारा, जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरमा पाँचौ जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियनशिप ट्रफी जेठ १७ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्ने कार्यक्रम तय भएको छ। हरपुर क्रिकेट क्लबको आयोजनामा र जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुने प्रतियोगिता जेठ २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता तयारी अन्तर्गत अहिले मैदान मर्मत तथा सरसफाइको काम तीव्र गतिमा भइरहेको क्लब अध्यक्ष सेराजुल अन्सारीले जानकारी दिए।

प्रतियोगितामा आयोजक टिमसहित ६ टिमको सहभागिता रहनेछ। बारा, पर्सा, रौतहट, मकवानपुर, नेशनल इन्फोटेक कलेज वीरगञ्ज र आयोजक हरपुर क्रिकेट क्लब गरी ६ टिम मैदानमा उत्रने छन्।प्रतियोगिताको विजेता टिमले ६० हजार रुपैयाँ नगद, शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक समिति सदस्य भास्कर यादवले जानकारी दिए।

a

spot_imgspot_img
spot_img

लोकप्रिय