१४ जेठ,काठमाडौँ : इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ।
उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनलाई बुधबार सफाइ दिएको हो।न्यायाधीशद्वयले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई सफाइ दिएका हुन्।उनका मुख्य कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले अदालतको पूर्ण आदेश आउन समय लाग्ने बताए। यद्यपि उनले अदालतको पत्रपछि आलम सम्भवत: आजै छुट्न सक्ने बताए।
उनले अदालतले यथेष्ट कारण नदेखेपछि फैसला उल्टाएको बताए। घिमिरेले भने, ‘बम विष्फोट गराएको वस्तुनिष्ठ प्रमाण नदेखिएको भन्ने निष्कर्षमा अदालत पुगेर नै सम्मानित अदालतले जिल्ला अदालतको फैसला उल्टाएको हो।’आलमको तर्फबाट घिमिरेसहित सुधिर कर्ण, सञ्जीव मल्लिक, रामेश्वर न्यौपाने, साविर हुसेनले बहस गरेका थिए। पीडितका पक्षबाट भने सरकारी वकिल र पुष्पराज पौडेलले भने बहस गरेका थिए।आलमलाई यसअघि रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उनी सहित मुद्दामा थप तीन जनालाई पनि जन्मकैदको सजाय भएको थियो।जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय आचार्यको इजलासले सुनाएको थियो।
विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले ०७६ साल कार्तिक १८ गत आलमसहित विरुद्ध किटानी जाहेर दिएका थिए।
संविधानसभा चुनावलाई प्रभावित पार्न आलम आफैँले विष्फोट गराउने उद्देयश्यका साथ बम बनाउँदा विष्फोट भएको थियो। त्यसबेला विष्फोटमा माओवादीको संलग्नता रहेको दाबी गरिए पनि आलमकै ढाकछोपमा घटना लुकाइएको थियो।कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले आलमलाई छुटाउने बताएका थिए।