अमित ठाकुर।रौतहट।श्रावण ०१ । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको एक होटेलबाट ठुलो परिणाममा लागू अौषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।विशेष सुचनाको अधारमा लागू अौषध नियन्त्रण ब्युरो बिरगंज र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतो सहितको टोलीले गौर नगरपालिका वडा नंबर १ अबस्थित रहेको शुभम होटेलबाट राजदेवी नगरपालिका वडा नंबर ८ का बिश्वनाथ पंडितको २३ बर्षीय छोरा नितेश पंडित र शिव राय यादवको ३२ बर्षीय छोरा पिन्टु कुमार यादवलाई ठुलो परिणाममा लागू अौषध सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताएका छन्।
पक्राउ परेको पंडित र यादव संग प्रहरी Nitravet 10 लेखिएको १५ पिसको १२० पता , Nitravet 10 लेखिएको १० पिसको ९० पता, Netzecare 10 लेखिएको १० पिसको ९० पता (सानो ),Diazepam ३०० सय एमपुल,Phenergan ३०० सय एमपुल, Buprenorphine injection ३०० सय एमपुल र BR05 U 5860 नंबरको भारतीय नंबर प्लेटको ग्यालेमर मोटरसाइकल बरनमद गरेको प्रहरी उपरीक्षक गिरीले बताएका छन्। पक्राउ परेका पंडित र यादवलाई जिल्ला अदालत गौरमा म्याद थप गराई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।